Comments Add Comment

नेपाली बजारमा आयो महिन्द्रा गस्टो-आरएस

१० मंसिर, काठमाडौं । अग्नि ग्रुपको सहायक कम्पनी तथा महिन्द्रा टु ह्विलरको आधिकारिक विक्रेता अग्नि मोटोइन्कले नेपाली बजारमा सम्पूर्ण रुपमा नयाँ गस्टो आर एसको विक्री सुरु गरेको छ ।

महिन्द्रा गस्टोे आर एस विभिन्न रंगहरुको संयोजनका साथ उपलब्ध भएको हो । स्पोर्टी बडी ग्राफिक्सको साथ रातो र सेतो रंगका साथै नीलो र सेतो रंगको अत्यन्त आकर्षक संयोजन गरिएको छ ।

यान्त्रिक रुपमा, स्कुटरमा १०९.६ सिसिको सिंगल सिलिण्डर, एयर कुल्ड इन्जिनजसले ८ बीएचपीको पावर र ९ एनएमको पिक टर्ग दिन्छ ।

१२ इन्च टायरको सथामा १६५ एमएम को ग्राउन्ड क्लियरन्स छ, जुन यो सेग्मेन्टमा धेरै हो । साथै यसमा ६ लिटरको इन्धन स्टोरेज क्षमता छ । यसका साथै डिस्प्ले प्यानलमा सरल तथा छिटो पहुचका लागि आर्कषक फ्रन्ट स्टोरेज पनि राखिएको छ ।

गस्टो आर एस स्कुटर अझ धेरै स्टाइलिस, अझ धेरै सहज, अझ धेरै सुविधा र आकर्षक रुपमा प्रस्तुतगरिएको हुँदा यसको प्रबर्द्धन नै ‘एस्पायर टु मोर’ भनी गरिएको छ । यसको नेपाली बजारमा मूल्य रु. १ लाख ६७हजार ५ सय तोकिएको छ ।

विशेष गरि यस स्कुटर युवा वर्गलाई लक्षित गरी प्रस्तुत गरिएको र सहजै मन जित्ने विश्वास कम्पनीले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment