Comments Add Comment

स्मार्टफोन बारेका ५ धारणा, जुन सत्य होइनन्


स्मार्टफोन आधुनिक जिन्दगीको अहं हिस्सा बनिसकेको छ । तर यसको बारेमा अहिले पनि धेरै मानिसहरु गलत जानकारी तथा भ्रमहरु लिएर बाँचिरहेका छन् ।

स्मार्टफोनको ब्याट्री, क्यामरा, प्रोसेसर तथा एप आदिको बारेमा जोडिएका केही धारणाहरु सायद तपाइँ हामीलार्इ पनि सही लागेको हुनसक्छ । तर वास्तवमा यी भ्रममात्र हुन् ।

धारणाः प्रोसेसर दोब्बर पार्नाले फोनको पर्फमेन्स पनि दोब्बर हुन्छ ।

वास्तविकताः फोनको चिपलाई सिंगल कोरबाट डुअल बनाऔँ वा क्वाडकोर नै किन नबनाऔँ । फोनका अन्य कुराहरु नबदल्ने हो भने फोनको पर्फमेन्समा कुनै सकारात्मक प्रभाव पर्दैन । किनकी यी सबै कोरलाई उहीँ पूरानै ब्याट्री तथा सिमित मेमोरीबाट काम चलाउनु पर्दछ ।

धारणाः धेरै मेगापिक्सेलको क्यामरा भयो भने फोटो अब्बल हुन्छ ।

वास्तविकताः धेरै मानिसले पालेको यो भ्रम पनि भ्रम नै हो । फोटोको इमेज क्वालिटी क्यामराको शटर स्पिड तथा अपर्चरमा निर्भर गर्दछ, न की मेगापिक्सेलमा । धेरै मेगापिक्सेल हुनु भनेको क्यामरालाई ठूलो शिटमा प्रिन्ट गर्न सकिनु हो ।

धारणाः स्मार्टफोनमा भाइरस तथा मालवेयर ।

वास्तविकताः यदि तपाइँले थर्ड पार्टी वा अनअथराइज्ड सोर्सबाट एप डाउनलोड गर्नुहुन्छ भने तपाइँको फोनमा मालवेयर्स प्रवेश गर्ने जोखिम हुन्छ । एन्ड्रोइड डिभाइसमा गुगल प्ले स्टोरबाट आधिकारिक एप डाउनलोड गर्नाले फोनमा मालवेयर आउने सम्भावना निकै कम हुन्छ ।

धारणाः डिस्प्ले जोगाउनका लागि स्क्रिन गार्ड जरुरी हुन्छ ।

वास्तविकताः अहिले लगभग सबै स्मार्टफोन कर्निङ गोरिल्ला ग्लास तथा स्क्रिन प्रोटेक्सन टेक्नोलोजीको साथमा आउँछन् । यस प्रविधिले स्मार्टफोनको डिस्प्ले निकै सुरक्षित बनेको हुन्छ । त्यसैले अत्याधुनिक स्मार्टफोनहरुमा स्क्रिन प्रोटेक्टर लगाउनु आवश्यक छैन ।

धारणाः लोकल चार्जरको प्रयोगले ब्याट्री पड्किन्छ ।

वास्तविकताः स्मार्टफोनको ब्याट्री विस्फोट हुनुका कैयन् अन्य कारणहरु हुन्छन् । लोकल चार्जर प्रयोग गर्दा स्मार्टफोनको चार्जिङमा बढ्ता समय लाग्नसक्छ तर ब्याट्री नै विस्फोट भैहाल्ने चाहीँ हुँदैन । चार्जरले ठिक ढंगले काम गरिरहँदा सम्म ब्याट्रीमा नोक्सानी पूराउँदैन चाहे चार्जर कुनै कम्पनीको किन नहोस् । चार्जर बिग्रिएको छ भने त स्मार्टफोन कम्पनीकै चार्जर भएपनि स्मार्टफोनको ब्याट्रीलाई बिगार्न सक्दछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment