Comments Add Comment

प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि राजनीतिक स्थायित्व हुने राष्ट्रपतिको विश्वास

निर्वाचन शान्तिपूर्ण ढंगले उल्लासमयरुपमा सफल बनाउन आह्वान

१० मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनपछि देश राजनीतिक स्थायित्व र समृद्धिको पथमा अघि बढ्ने विश्वास व्यक्त गरेकी छन् । उनले निर्वाचन शान्तिपूर्ण ढंगले उल्लासमयरुपमा सफल बनाउन पनि आह्वान गरेकी छन् ।

निर्वाचनका अवसरमा आम मतदाताको नाममा राष्ट्रपति भण्डारीले जारी गरेको सन्देशमा लेखिएको छ, ‘नेपालको संघीय संरचना अनुसार हुन गइरहेको पहिलो प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रथम चरणको निर्वाचनमा समेत उत्साह र उमंगकासाथ सहभागी भई संविधानप्रदत्त वालिग मताधिकारको प्रयोग गर्न आम मतदाताहरुलाई म अनुरोध गर्दछु ।’

नेपाल संघीय संरचनामा गएको परिप्रेक्ष्यमा नेपालको संविधानले ०७४ माघ ७ गते भित्र उक्त संरचना अन्तरगतका सबै निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ । यसै शिलशिलामा विगतमा स्थानीय तहको निर्वाचन उत्साहपूर्ण सहभागितामा शान्तिपूर्ण रुपमा सम्पन्न भइसकेको छ । अब प्रदेश र प्रतिनिधिसभा निर्वाचनले देशमा राजनीतिक स्थायीत्व आउने राष्ट्रपतिको विश्वास छ ।

सन्देशमा लेखिएको छ, ‘प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नेपालको संविधान कार्यान्वयनका लागि अत्यन्तै महत्पूर्ण रहेको तथा उक्त निर्वाचन पछि मुलुक राजनीतिक स्थायित्व र समृद्धिको पथमा अघि बढ्ने छ भन्ने मलाई विश्वास लागेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment