Comments Add Comment

नेपाली राष्ट्रिय टिममा ‘लेफ्ट हृयाण्डेड ब्याट्सम्यान’को ‘इन्ट्री’

११ मंसिर, काठमाडौं । नेपालले आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरण अन्तर्गत युएईबिरुद्धको खेलका लागि राष्ट्रिय टोलीको घोषणा गर्दा एकजना लेफ्ट हृयाण्डेड ब्याट्सम्यानले स्थान पाएका छन् ।

राष्ट्रिय टिममा दिलिप नाथको प्रवेशले लामो समयदेखि नियमित विकेट किपरको अभाव झेलेको नेपालको यो समस्या पनि हल भएको छ । एसीसी इमर्जिङ टिम्स कपमा नाथले दुई खेल खेलेका थिए । उनले बंगलादेशबिरुद्ध ४१ र हङकङबिरुद्ध १२ रन बनाएका थिए ।नेपाली टोलीमा बाँया हाते ब्याट्सम्यानको खोजी भइरहेका बेला बायाँ हाले ओपनिङ ब्याट्सम्यान दिलिप नाथले टिममा पुनरागमन गरेका छन् । गत वर्ष भएको एसीसी इमर्जिङ नेशन्स कप क्रिकेटमा नेपाली टोलीमा परेका नाथ त्यसयता राष्ट्रिय टिममा स्थान बनाउन संघर्षरत थिए ।

यसैगरी भेट्रान स्पिनर शक्ति गौचन टिममा फर्किएका छन् । इन्ज्यूरीका कारण उनले हङकङबिरुद्धको खेलमा आराम लिएका थिए । दिलिप नाथ र शक्ति गौचनको आगमनपछि अघिल्लो पटकको टिममा रहेका नरेश बुढायर र सुशील कँडेल बाहिरिएका छन् ।

आइसीसी प्रतिनिधि अनिमुल इस्लाम, टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले ४ अतिरिक्त खेलाडी सहित १८ जनाको नेपाली टोली घोषणा गरेका हुन् ।

नेपाली टोलीका सदस्यहरुमाः पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उप-कप्तान), शक्ति गाैचन, बसन्त रेग्मी, शरद भेषावकर, बिनोद भण्डारी, सोमपाल कामी, सागर पुन, मोहम्मद आरिफ शेख, करण केसी, सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, दिलिप नाथ र ललित भण्डारी छन् ।

त्यस्तै चार अतिरिक्त खेलाडीमा कुशल भुर्तेल, अनिल कुमार साह, जितेन्द्रकुमार मुखिया र सिद्धान्त लोहनी छन् । चारमध्ये कुशल र अनिलमात्र युएई भ्रमणमा जानेछन् ।

 

नेपालले मंसिर २० र २२ गते युएईसँग २ खेल खेल्नेछ । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट बाहिरिइसकेको नेपालका लागि अन्तिम खेल प्रतिष्ठाको लागि मात्र हुनेछ ।

त्यसअघि नेपालले मंसिर १५ गते अमेरिका र १७ गते केन्यासँग दुई अभ्यास खेल खेल्नेछ । नेपाली टोली बुधबार युएई प्रस्थान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment