Comments Add Comment

सेल्टाभिगोले बार्सिलोनालाई बराबरीमा रोक्यो

१६ मंसिर, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सेल्टाभिगोसँग अंक बाँडेको छ ।

शनिबार भएको खेलमा सेल्टाभिगोले जिग लिडर बार्सिलोनालाई २-२ को बराबरीमा रोकेको हो । यसको लाभ भने उपाधि होडमा रहेका रियल मड्रिडलाई हुनेछ ।

घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा सेल्टाभिगोले २० औं मिनेटमा अग्रता लिएको थियो । तर, दुई मिनेटपछि नै मेस्सीले घरेलु टोलीका लागि बराबरी गोल गरे ।

दोस्रो हाफमा बार्सिलोनाले अग्रता लियो । ६२ औं मिनेटमा लुइस स्वरेजले गोल गरेका थिए । तर, यो धेरै बेर टिकेन । ७० औं मिनेटमा सेल्टाका गोमेज जोन्जालेजले बराबरी गोल फर्काए ।

बार्सिलोनाले २ अंक नगुमाउन अन्तिमसम्म प्रयत्न गरेको थियो । तर, सफल भएन र अंक बाँडेको छ ।

बराबरीपछि बार्सिलोना को १४ खेलबाट ३६ अंक भएको छ । दोस्रो स्थानमा रहेको भ्यालेन्सियाको ३१ अंक छ भने एथ्लेटिको मडि्रड र रियल मड्रिडको समान २७ अंक छ । रियलले आज एथ्लेटिको बिल्बाओलाई हराए बार्सिलोनासँगको दुरी ६ मा झार्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment