Comments Add Comment

दोस्रो चरणमा मतदान भएका अधिकांश जिल्लाको मतगणना भोलि, पहिलो चरणको गणना आजै

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकाल

२१ मंसिर, काठमाडौं । निर्वाचन आयोगले आज मतदान भएका अधिकांश जिल्लाको मतगणना शुक्रबारबाट मात्र सुरु हुने जनाएको छ । मंसिर १० गते पहिलो चरणको मतगणना भने आजै साँझबाट मतगणना सुरु हुने छ ।

आयोगका अनुसार निर्वाचन क्षेत्रका सबै मतपेटिका गणनास्थलमा आइसकेमा र राजनीतिक सहमति जुटेमा भने आजै मतगणना सुरु हुनेछ ।

आयोगका प्रवक्ता नवराज ढकालले अनलाइनखबरसँग भने, ‘आज मतदान भएका ठाउँको मतपेटिकाहरु गणना सेन्टरमा आइसकेपछि मात्रै गणना सुरु हुन्छ ।’

आयोगले यसपटक प्रत्यक्षतर्फको ४ दिनभित्र र समानुपातिकको मतगणना आठ दिनभित्र सक्ने लक्ष्य लिएको छ । यसका लागि प्राविधिक र व्यवस्थापकीय तयारी गरिएको तर राजनीतिक सहमति र सहयोग आवश्यक पर्ने प्रवक्ता ढकालले बताए ।

आयोगले गणनाका क्रममा मतदाताहरुको मतको सुरक्षा गर्ने सम्पूर्ण जिम्मेवारी मुख्य निर्वाचन अधिकृतको रहेको बताएको छ । अधिकांश गणनास्थलमा सीसीटिभी राख्नुका साथै तारजालीले बारिएको छ ।

केही जिल्लाका निर्वाचनका अधिकृतहरुले भने सीसीटीभी आवश्यक नपर्ने आयोगमा जानकारी गराएको प्रवक्ता ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment