Comments Add Comment

इलाममा झलनाथ र सुवासचन्द्रलाई फराकिलो अग्रता (यस्तो छ पछिल्लो मतपरिणाम)

२२ मंसिर, इलाम । इलामको दुवै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका छन् ।

इलाम क्षेत्र नं. १ मा वाम गठबन्धनबाट एमाले उम्मेदवार झलनाथ खनाल र क्षेत्र नं. २ मा सुवासचन्द्र नेम्वाङले अग्रता कायम गरेका हुन् ।

क्षेत्र नं. १ मा खनालले ३ हजार ४८ मत ल्याउँदा कांग्रेस उम्मेदवार भुपेन्द्र कट्टेलले १ हजार ६ सय ४६ मत ल्याएका छन् ।

त्यस्तै, २ नं. क्षेत्रमा नेम्वाङले ३ हजार ३ सय १२ मत ल्याएका छन् । उनका प्रतिष्पर्धी केशव थापाले २ हजार ३ सय २० मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment