+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

चुनाव हारेपछि रविन्द्रले भने-गरेरै छाड्ने हो, परिर्वतन हेरेरै मर्ने हो

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २३ गते ७:५२

२३ मंसिर, काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं १ मा विवेकशील साझाका उम्मेदवार रविन्द्र मिश्रले मतदाताहरुलाई धन्यवाद दिएका छन् । १०, ११८ मत पा एका मिश्र कांग्रेसका प्रकाशमान सिंहसँग ८१९ मतले पराजित भएका छन् ।

अन्तिम मत परिणाम सार्वजनिक भएपछि मिश्रले कांग्रेस नेता सिंहलाई फोन गरेर नै बधाइ दिएका छन् । साथै उनले आफ्नो पार्टीका मतदाताहरुले भरपर्दो विकल्पमा रहेको रुपमा लिएकाले उत्साहित रहेको बताए ।

उनले भनेका छ,’नेपालको राजनीतिक इतिहासमा यति छोटो समयमा सम्भवतः कुनै पनि पार्टी यसरी राजनीतिमा उदाएको थिएन, अब देशभरी अभिव्यक्त सद्भावलाई संगठनमा बदलेर अर्को चुनावपछि देशको नेतृत्व गर्न आफूहरुलाई तयार पार्नु हाम्रो चुनौती हो ।

मिश्रले आफूहरुको अठोटमा सबैको साथ र समर्थन रहेन विश्वास व्यक्त गर्दै भनेका छन्, ‘गरेरै छाड्ने हो, परिर्वतन हेरेरै मर्ने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?