Comments Add Comment

आगलागीमा महिलाको मृत्यु

२८ मंसिर, इलाम । इलाम नगरपालिका-५ मा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ । घरमा बालेको टुकीबाट आगलागी हुँदा घर धनी ४० वर्षीया पवित्रा नेपालीको मृत्यु भएको हो ।

जलेर घाइते भएकी नेपालीलाई उपचारका लागि विपी मेमोरियल अस्पताल धरान लैजादै गर्दा झापामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर जलेर पूरै नष्ट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment