Comments Add Comment

पोखरामा सिरमोर ब्याडमिन्टन पुस दोश्रो हप्ता

१ पुस, पोखरा । सिरमोर ब्याडमिन्टन प्रतियोगिता पुस दोश्रो हप्ता हुने भएको छ ।

सिरमोर ब्याडमिन्टन फिटनेस सेन्टर मुस्ताङचोक पोखराको आयोजनामा पुष १२ गतेदेखि १४ गतेसम्म हुने प्रतियोगितामा पुरुष खुल्ला डबल्स, भेट्रान्स डबल्स (४५ वर्षमाथि), सुपर भेट्रान्स डबल्स (५५ वर्षमाथि) र सिरमोर फिटनेस सेन्टरका खेलाडीहरु बिच मिलिजुली डबल्स गरी ४ इभेन्टमा प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगितामा नेपालको र्‍याङकिङमा १६ औं स्थानसम्म रहेका राष्ट्रिय खेलाडीले भने भाग लिन नपाउने क्लबका प्रमुख सल्लाहकार मेजर लक्ष्मीप्रसाद गुरुङले जानकारी दिए ।

नयाँ खेलाडी उत्पादन होस् भन्ने हेतुले आफूरुले १६ औं र्‍याङकिङसम्म भएका खेलाडीलाई समावेश नगर्ने निर्णय गरेको उनले बताए ।

प्रतियोगितामा सहभागि हुन चाहने खेलाडीले पुस ९ गतेसम्ममा नाम दर्ता गराईसक्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment