Comments Add Comment

अमिताभ बच्चनको कलेजो ७५ प्रतिशत खराब, तैपनि उनी कसरी फिट एन्ड फाइन ?

बलिउड अभिनेता अमिताभ बच्चन अहिले ७३ वर्षका भए । यो भनेको नेपालीको औसत आयुभन्दा बढी हो । यद्यपी अमिताभ अझै तन्नेरी छन् । यत्तिका उमेरमा पनि उनी सक्रिय छन् । सिर्जनसिल छन् ।

भनिन्छ, अमिताभ भाग्यले बाँचेका हुन् । मेडिकल साइन्सले समेत हार खाइसकेको अवस्थाबाट गुजि्रएर उनी बाँचेका हुन् । ३३ बर्षअघि ‘कुली’ फिल्मको छायांकनको क्रममा उनी गंभिर घाइते भएका थिए । फाइटलाई जिवन्त तुल्याउन उनी आफै स्टन्ट गरिरहेका थिए । त्यही क्रममा उनी ठोक्किएका थिए । छायांकनको बेला त उनले उक्त कुरालाई खासै ध्यान दिएनन् । तर, पछि ठोक्किएको भागमा दुखाई बढ्दै गयो ।

उनलाई अस्पताल पुर्‍याइयो । सुरुमा उनमा खास समस्या देखिएन । तर, दुखाई झन् झन बढ्दै गएपछि थाहा भयो, आन्द्रामाथिको झिल्ली च्यातिएको रहेछ । सामान्यत यस्तो अवस्थामा लामो केहि घण्टाभित्रै उपचार गरिसक्नुपर्ने हुन्छ । तर, उनी केहि दिनसम्म त्यस्तै अवस्थामा जीवित थिए, जो चिकित्सकको लागि समेत आश्चर्यको विषय बन्यो ।

जति उपचार गरेपनि उनको स्वास्थ्यमा खास सुधार भएन । बरु थप खराब हुँदै गयो । त्यसबेला उनी मधुमेह, हेपटाइटिस बि आदिले समेत सताइएका थिए । यस्तो पनि अवस्था आयो कि, चिकित्सकले आफ्नो प्रयास बावजुत भगवानको भरोसा गर्नुपर्ने भनियो । अमिताभको नाममा पूजाआजा गरियो । देशभरका प्रशंसकले मन्दिरमा पूजाआजा गरे ।

अन्ततः उनको उपचार संभव भयो । उनी मृत्युलाई जितेर घर फर्किए ।

भनिन्छ, उनको कलेजो ५७ प्रतिसत नष्ट भएको छ । अर्थात २५ प्रतिशतले मात्र काम गर्छ । यस्तो अवस्थामा पनि उनी उत्तिकै ताजा छन्, फूर्तिलो छन्, तन्दुरुस्त छन् । फिल्ममा खेल्छन्, टेलिभिजन शो चलाउँछन्, विज्ञापन खेल्छन् । उनको दैनिकी चलायामान छन् । उनी फिट एन्ड फाइन छन् ।

अमिताभको फिटनेस र खानपान

जतिसुकै व्यस्त दिनचर्यामा पनि अमिताभ जिम जान भुल्दैनन् । उनी जतिसुकै व्यस्त सेड्युलमा पनि मर्निङ वाकको समय निकाल्छन् । हप्तामा सातै दिन जिम जान्छन् ।

व्यायामका साथ साथ उनी आफ्नो खानपिनमा पनि निकै ध्यान दिन्छन् । उनको डाइटमा ग्रीन टीको विशेष स्थान हुन्छ । जंक फुड तथा तारिएको र भुटिएको खानाबाट अमिताभ परै बस्छन् । बिहान उठेर उनी दुई गिलास पानी पिउँछन् र १५ मिलीलीटर अमलाको रस पानीमा मिलाएर सेवन गर्छन् ।

नास्तामा उनी इडली, एक कचौरा साम्भर र दूध लिन्छन् । नास्था र लन्चका बीच ग्रीन टी र एक मौसमी फल खान्छन् । उनको लन्चमा सलाद, मल्टीग्रेन रोटी, भात, दाल र तरकारी हुन्छ । जबकि डिनरमा उनी पनीरको भुजियावाला स्यान्डवीच र सलाद लिन्छन् । राति सुत्नुअघि उनी दूध पिउने गर्छन् ।

अमिताभलाई फिट एन्ड फाइन राख्ने अर्को सूत्र हो, सक्रिय जीवनशैली । उनी यो उमेरमा पनि उत्तिकै सक्रिय छन् । केहि न केही कामले उनलाई विश्राम दिएको हुँदैन । यहि सक्रियताले पनि उनलाई जवान राखेको छ ।

उनी सधै सकारात्मक र उत्साहित छन् । अमिताभलाई स्वस्थ्य बनाउने तत्व यो पनि हो । हरेक कुरामा सकारात्मक दृष्टिकोण राख्ने अमिताभ जस्तोसुकै परिस्थितीसँग पनि जुध्न सहास बटुल्छन् । कुनै समय उनी आर्थिक रुपले एकदमै कमजोर भएका थिए । त्यस्तो प्रतिकुलतामा पनि उनले हार खाएनन् । हिम्मत जुटाएर समस्याको सामाना गरे । यस किसिमको उर्जाले समेत अमिताभलाई जवान राखेको हो ।

स्वस्थ्य र सन्तुलित खानपान, नियमित व्यायाम, व्यवस्थित दैनिकी, शारीरिक सक्रियता, सकारात्मक सोंच, उत्साह नै हो, अमिताभलाई फिट एन्ड फाइन राख्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment