+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

हुलाकी राजमार्गमा पनि आधुनिक शहर, परामर्शदाता नियुक्त गरिँदै

फागुन पहिलो सातादेखि काम अगाडि बढ्ने

ध्रुव भट्टराई ध्रुव भट्टराई
२०७४ पुष ४ गते १४:००


४ पुस, विराटनगर । सरकारले हुलाकी राजमार्गमा १० नयाँ शहर बसाउने योजनाअनुसार परामर्शदाता नियुक्तिको प्रक्रिया थालेको छ । शहरी विकास मन्त्रालयअन्तर्गतको नयाँ शहर आयोजनाले काम थालेको हो ।

आयोजना प्रमुख पराग कायस्थका अनुसार गत २ मंसिरमा परामर्शदाताका लागि आवेदन मागिएको थियो । हालसम्म आएका निवेदनहरुको प्राविधिक र अार्थिक मूल्यांकनको काम भइरहेको छ । सातवटा प्याकेटमा काम गर्ने गरी ४९ वटा निवेदन परेका छन् ।

तीमध्येबाट १४ पुसभित्रमा परामर्शदाता छनोट गरिने कायस्थले जानकारी दिए । ‘फागुन पहिलो सातादेखि एकीकृत विकास योजना निर्माण शुरु हुनेछ,’ उनले भने ।

कायस्थका अनुसार उक्त आयोजनाका लागि चालु आर्थिक वर्षमा एक करोड ८६ लाख रुपैयाँ विनियोजन भएको छ । १५ वटा शहरलाई १० वटा प्याकेजमा व्यवस्थापन गर्ने आयोजनाको लक्ष्य छ ।

परामर्शदाताले ६ महिनाभित्र ती शहरका एकीकृत विकास योजना निर्माणको समय पाउने छन् । र, पाँच वर्षभित्र न्यूनतम पूर्वाधारयुक्त शहर विकास गरिसक्ने लक्ष्य छ ।

सरकारले मध्यपहाडी राजमार्गमा जस्तै हुलाकी मार्गमा पनि आधुनिक शहर बसाउन लागेको हो । हुलाकी सडकको दायाँ-बायाँ तीन किमि क्षेत्रमा त्यस्ता शहर बसाउने सरकारी योजना छ ।

जमिनको उपलब्धता, जनसंख्या, जनघनत्व, नोडल-जक्सन, आर्थिक विकासको सम्भावना, गैरकृषिमा संलग्न जनसंख्या, खानेपानीको स्रोत, बसाइँसराइ, सरकारी सेवाको अवस्था, साक्षरता र सडकको पहुँचजस्ता ११ सूचकलाई आधार मानेर शहर बसाउने क्षेत्र छनोट गरिएको छ ।

१७ सय ९२ किमि लामो हुलाकी राजमार्गले झापाबाट कञ्चनपुर जोड्नेछ । सातमध्ये चार वटा प्रदेशमा व्यवस्थित बस्ति बसाउने योजना रहेको कायस्थले जानकारी दिए ।

प्रदेश-१ मा झापाको गौरीगञ्ज र मोरङको रंगेली, प्रदेश-२ मा बाराको गढीमाई, सर्लाहीको ईश्वरपुर, सप्तरीको शम्भुनाथ, महोत्तरीको बलावा-सरपल्लो, प्रदेश-५ मा बर्दियाको राजापुर र नवलपरासीको बर्दघाट तथा प्रदेश-७ मा कञ्चनपुरको बेलौरी र कैलालीको भजनी-त्रिशक्तिमा शहर विकास गरिने छ ।

कायस्थका अनुसार हुलाकी राजमार्गले जोडेका २० जिल्लाका बासिन्दाको जीवनस्तर उकास्न आधुनिक शहर निर्माण गर्ने अवधारणा छ ।

स्थानीय स्तरमा पनि काम

शहरी विकास डिभिजन कार्यालय, मोरङले नयाँ शहरलाई व्यवस्थित गर्ने योजना अगाडि बढाएको छ ।

मोरङको पूरानो सदरमुकाम रंगेलीलाई व्यवस्थित गर्ने योजनाअनुसार १० करोड लागतमा सडक र नाला निर्माण शुरु हुँदैछ । डिभिजन कार्यालयले रंगेलीको व्यवस्थापनका लागि डीपीआर तयार पारिसकेको छ ।

डिभिजन प्रमुख श्यामकिशोर सिंहका अनुसार विभागको स्वीकृति आएसँगै ठेक्का प्रक्रिया अगाडि बढाइने छ । पहिलो चरणमा सडक र नाला व्यवस्थापन तथा दोस्रो चरणमा योजनाबद्ध बस्ति विकास गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?