+
+

यसरी नापिँदैछ सगरमाथाको उचाई

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ५ गते १३:१९

५ पुस, काठमाडौं । सगरमाथा विश्वकै सर्वाेच्च शिखर भएकाे सार्वजनिक भएकाे १ सय २७ वर्षपछि नेपालले पहिलाे पटक यसकाे उचार्इ नाप्ने भएकाे छ ।

बुधबार नापी विभागले काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल अाफैंले सगरमाथाकाे उचार्इँ मापन गर्न लागेकाे जनाएकाे हाे ।

गत साता काठमाडौंमा सम्पन्न सगरमाथाको उचाई मापन सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीमा प्राप्त सुझाव र तथ्याङ्कलाई आधार मान्दै सगरमाथाकाे उचार्इ नेपाल अाफैंले मापन गर्ने लागकाे विभागका सूचना अधिकारी अनिल मरासिनीले जानकारी दिए ।

अन्तर्राष्ट्रिय विज्ञहरूबाट अनुगमन 

सगरमाथाको उचाई मापन गर्न तयार पारिएकाे कार्यविधिलार्इ अन्तिम रुप दिएर अन्तर्राष्ट्रिय विज्ञहरुकाे सहयोगसमेत लिई सगरमाथाको उचाईँ मापन गरिने जनाइएकाे छ । साथै, नेपालले गरेकाे मापनलार्इ पारदर्शी बनाउन उनीहरूबाट अनुगमन समेत हुने बताइएकाे छ  ।

यसका लागि भारतीय सीमा क्षेत्रको कुनै निश्चित स्थानलाई आधार विन्दू बनाएर उचाई प्रमाणीकरण गरिनेछ । त्यसका लागि भारत सरकारलाई नेपालको सीमासम्म उचाई मापनका लागि अनुरोध गरिनेछ ।

त्यस्तै, उचार्इ मापनलार्इ विश्वसनीय बनाउन उत्तरतर्फसमेत जीपीएस र ग्राभिटी सर्भेक्षणका लागि चीन सरकारसँग अनुरोध गर्ने पनि नापी बिभागले जनाएको छ ।

भारतीय सीमाबाट नेपालतर्फको मापन कार्यविधि पनि तयार भइसकेको छ । जसअनुसार सिरहाको मिर्चैयासम्म नजिकको भारतीय सीमाबाट उचाई मापन गर्दै ल्याउने र त्यहाँबाट सोलुखुम्बुको ताक्सिन्दू, पिके, सोलुङ र छुल्यामूसम्म मापन गरिनेछ । त्यसपछि ‘टि्रगोनोमेटि्रकल लेभलिङ’ बाट सगरमाथाको उचाई मापन गर्ने योजना विभागको छ ।

दुर्इ वर्ष लाग्ने अनुमान 

उचाई मापनका लागि छानिएका १२ बिन्दूहरुमा जीपीएस सर्भे गरिनेछ भने लेभलिङ गरिएका विन्दूहरु तथा सगरमाथा नजिकका क्षेत्रहरुमा ग्राभिटी सर्भे गरी त्यस क्षेत्रको ‘जेवेइड’ निर्धारण गरेपछि सगरमाथामा जीपीएस सर्भेक्षण गरेर उचाई निर्धारण हुनेछ ।

यो सबै काम सम्पन्न गर्नका लागि बढीमा २ वर्षसम्मको समय लाग्नसक्ने अनुमान नापी बिभागको छ ।

सगरमाथा सन् १९४७ मा विश्वकै सर्वोच्च शिखर रहेको पत्ता लागेको थियो । सर्भे अफ इण्डियाले गरेको त्यस मापनमा सगरमाथाको उचाई ८७७८ मिटर मापन गरिएको थियो । त्यसपछि पनि पाँचवटा छुट्टाछुट्टै सर्भेक्षण भइसकेको छ भने फरक फरक मापन भएको छ ।

फरक फरक संस्था तथा मुलुकको सर्भेक्षणको नतिजा पनि एउटै नभएपछि नेपाल आफैंले सगरमाथाको उचाई मापनका लागि सक्रियता बढाएको विभागका महानिर्देशक गणेशप्रसाद भट्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?