Comments Add Comment

मधेस आन्दोलनसम्वन्धी प्रतिवेदन सार्वजनिक गर्न ह्युमन राइट्स वाचको माग

६ पुस, काठमाडौं । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था ‘ह्युमन राइट्स वाच’ले मधेस आन्दोलनका क्रममा भएका घटनाहरुको छानविन गर्न बनेको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।

पूर्वन्यायाधीश गिरिशचन्द्र लाल संयोजक रहेको आयोगले ४ पुसमा सरकारलाई प्रतिवेदन बुझाएको थियो । तर, सरकारले प्रतिवेदन सार्वजनिक गरेको छैन ।

ह्युमन राइट्स वाचका एसिया निर्देशक ब्राड एडम्सले भनेका छन्, ‘प्रधानमन्त्री देउवाले रिपोर्ट सार्वजनिक गर्नुपर्छ र पीडितलाई सम्बोधन गर्ने योजना ल्याउनुपर्छ । साथै आउने सरकारसँग मिलेर त्यो योजनालाई प्रभावकारी बनाउनुपर्छ ।’

संविधानमा आफ्ना मुद्दा सम्बोधन नभएको भन्दै मधेस केन्द्रित दलहरुले थालेको आन्दोलनका क्रममा भएका घटनाको छानविन गर्न सरकारले आयोग बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment