Comments Add Comment

रोजिना भइन् ‘क्यूटी मैयाँ’

ठेट नेपाली पनि होइन, विशुद्ध अंग्रेजी पनि होइन । गीतको बोल छ, ‘क्युटी मैयाँ ।’ यहि खिचडी शब्दलाई उनेर गीत गाएकी छिन्, रोजिना गुरुङले । उक्त गीतको म्युजिक भिडियो पनि हालै सार्वजनिक भएको छ । म्युजिक भिडियोमा गायिका रोजिनाले कम्मर मर्काएकी छिन् । उनलाई साथ दिएका छन्, आमिर शेखले ।

मोहन राज अधिकारीले निर्देशन गरेको म्युजिक भिडियोलाई दिपेन्द्र शाही ठकुरीले कोरियोग्राफी गरेको हो । शिवराम श्रेष्ठले भिडियो खिचेका छन् । यसमा भिएफएक्सको पनि प्रयोग गरिएको छ । पार्टी थिममा गीतको दृश्यांकन गरिएको छ ।

रोशन थापाको संगीत निर्देशनको उक्त गीतलाई विद्याराज शिवाकोटीले रचना गरेका हुन् । संगीत संयोजन गरेका छन्, किरण तुलाधारले ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment