+
+

रेशम चौधरीले प्रमाणपत्र नपाए आन्दोलन हुन्छः राजपा उपाध्याक्ष लाल

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ७ गते १४:३३

७ पुस, काठमाडौं । राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले कैलालीको टिकापुर क्षेत्र नम्बर १ बाट निर्वाचन सांसद रेशमलाल चौधरीलाई तत्काल विजेताको प्रमाणपत्र प्रदान नगरे आन्दोलनमा सुरु गर्ने चेतावनी दिएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा प्रचार-प्रसार समिति टिकापुर क्षेत्र नम्बर १ कैलालीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष लालले भने, ‘रेशम चौधरीलाई निर्वाचन आयोगले अन्याय गर्दैछ, विभेदकारी व्यवहार गर्दैछ, हामी निर्वाचन आयोगलाई सचेत गराउन चाहन्छौँ, तत्काल रेशमको प्रमाणपत्र वारिसमार्फत प्रदान गरोस्, होइन भने निर्वाचन आयोगको निश्पक्षतामाथि प्रश्न उठ्नेछ, र आन्दोलन हुनेछ ।’

उनले अघि थपे, ‘रेशम चौधरीलाई फरार अभियूक्त आदी इत्यादीले सम्बोधन गर्ने गरिएको छ, यसका बारेमा छानविन आयोगले सरकारलाई मधेसमा घटेका घटनाको बारेमा छानविन गरेर प्रतिवेदन सरकारलाई बुझाइसकेको छ, त्यो प्रतिवेदन सरकारलाई सार्वजनिक गर्न समेत माग गर्दछु ।’

त्यस्तै नव निर्वाचित सांसद चौधरीकी धर्मपत्नी रञ्जिताले मतगणना स्थलमा समेत आफूहरुलाई प्रवेश निशेध गरएकिो बताउँदै भनिन्, ‘२०७२ भाद्र ७ गतेको घटना नहुनुपर्ने थियो, भयो, त्यसमा हाम्रो समुदायले समेत दुःख प्रकट गरेको छ, त्यो घट्ना सरकारले नै गराएको हो, सत्य तथ्य छानविनको लागि अझैपनि आग्रह गर्दछु ।’

‘२ वर्ष ७ महिना वितिसक्दा पनि त्यो ७ गते बाहेक ८ गते कफ्र्यर्ूकाबीचमा थारु समुदायका घरहरु छानिछानि जलाउन दिइएको छ, त्यो हाम्रो समुदायमाथिको आक्रमण हो की होइन ?’

उनले थपिन्, ‘म धेरै टाढा जान चाहान्न गत मंसिर २१ गते पछि हाम्रो विजयी घोषणा भएपछि मतगणना स्थल धनगढीमा हामीलाई प्रवेश गर्न दिइएन, जनमतको कदर गर्नुको साटो प्रशासनसमेत हामीमाथि अन्याय गर्छ, हाम्रा घरहरु खानतलासी गर्छ, यो अन्याय होइन ?’

सुरक्षकर्मीबाट निर्वाचनको प्रचारप्रसारमा व्यापक दमन र पक्षपात भएको भन्दै रञ्जिताले थारु भएकै कारण विजयी जुलुससमेत निकाल्न नपाएकोमा दुःख व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?