Comments Add Comment

एक्सन, रोमान्स र देशभक्तको प्याकेज ‘टाइगर जिन्दा है’

फिल्म- टाइगर जिन्दा है

स्टार कास्ट- सलमान खान, क्याटरिना कैफ, सज्जद डेलफ्रुज, अंगद बेदी, परवेज रावल, कुमुद  मिश्रा

निर्माता- आदित्य चोपडा

निर्देशक- अली अब्बास जफर

राम्रो पक्ष- फिल्मको एक्सन कोरियोग्राफी, लोकेसन, ब्याकग्राउन्ड स्कोर र अभिनय ।

झुर पक्ष- फिल्मको लम्बाई, सलमान-सज्जादको चिसो क्लाइमेक्स सिन ।

प्लट

स्लामिक स्टेटले कब्जामा राखेको तिकरिनमा २५ भारतिय र १५ पाकिस्तानी नर्सलाई अस्पतालमा कैद गरेर राखिएको छ । अमेरिकाले ७ दिनको अल्टिमेटम दिएको छ, त्यसपछि उसले त्यहाँ एयर स्ट्राइक गर्नेवाला छ ।

अब भारतसँग आफ्ना नर्सलाई बचाउनका लागि केवल सात दिनको समय बाँकी छ । यस्तो जटिल अवस्थामा को आउँछ ? जसले यो असंभव मिसनलाई संभव तुल्याउन । त्यो हो, टाइगर । यसरी नै धमकेदार इन्ट्री हुन्छ, टाइगरको अर्थात अविनाश राठौंर (सलमान खान)को । उनी आफ्नी पत्नी जोया (क्याटरिना कैफ) र एक बच्चासँग अष्ट्रेलियामा बस्छन् ।

मिसनको सुरुवात हुन्छ, जब टाइगर भारतको तर्फबाट र जोया पाकिस्तानको तर्फबाट इराकमा आतंकवादीलाई धूलो चटाउनका लागि तिनीहरुको अड्डामा पुग्छन् । मूख्य आतंकी आइएसआइएलको चिफ अबु उस्मान -सज्जाद डेलफ्रुजसम्म पुग्नका लागि सहज भने हुँदैन । त्यहाँसम्मको यात्रा गर्न निकै खतरासँग खेल्नुपर्ने हुन्छ ।

त्यही क्रममा उनीहरुको भेट फिरदौस (परेश रावल)सँग हुन्छ । फिल्मको फस्र्ट हाफदेखि सेकेन्ड हाफसम्म यी पात्रहरुको जुन परिवर्तन आउँछ, त्यससँगै कथा अघि बढ्छ ।

फिल्मको सेकेन्ड हाफमा मूख्य भिलेन अबु उस्मानसँग सलमान क्याटरिनाको टकराव देखाइएको छ । तमाम अप्ठ्यारा र चुनौतीको बावजुद उनीहरुले आफ्नो मिसन पुरा गर्छ । भारत र पाकिस्तानको नर्सलाई उन्मुक्ति दिलाउँछ । फिल्म द इन्ड हुन्छ ।

निर्देशन

अली अब्बास जफरले २०१६ मा बलिउडको सुल्तान जस्तो उत्कृष्ट फिल्म दिएका थिए । टाइगर जिन्दा हैसँगै उनले आफ्नो करियरमा लामो छलाङ मारेका छन् । फिल्मको पटकथालाई उनले पुरै तीन घण्टा बाँधेर राखेका छन् । फिल्ममा एक्सन, इमोशन, देशभक्ति, मित्रता, रोमान्स सबै मसला पेश गरेका छन् । समग्रमा यो मनोरञ्जनको पूर्ण प्याकेज हो । साथसाथै उनले सलमान खानको फ्यानलाई पनि ध्यान राखेका छन् । फिल्ममा सलमान खानको बडी देख्ने पनि मौका मिल्छ ।

फिल्मको फस्ट हाफसम्म कथा तिब्र गतिमा बढेको छ । दोस्रो हाफदेखि केही धिमा हुन्छ । कतिपय एक्सन दृश्य लामो लाग्छ । फिल्मको सुरुवाती संवाद सम्झनलायक छ । साथसाथै उनले ह्युमरको पनि हल्का डोज दिएका छन् ।

फिल्मको लोकेसन सानदार छ । अली अब्बासले फिल्मको हरेक फ्रेमलाई विशाल देखाएका छन् । फिल्म हेरेपछि अनुभूत गर्न सकिन्छ, यो बिग बजेट फिल्म हो ।

अभिनय

टाइगरको भूमिकामा सलमान खान अब्बल छन् । ठूलो पर्दाका लागि उनको मिहेनत प्रष्ट देखिन्छ । एकपछि अर्को एक्सन दृश्यमा जमेका सलमानले गुनासो गर्ने ठाउँ दिएका छैनन् । जोयाको भूमिकामा क्याटरिना सरप्राइज प्याकेज हुन् । क्याटरिनाले फिल्ममा उत्कृष्ट एक्सन दृश्य दिएकी छिन् । आइएसआइएल आंतककारीको प्रमूख अब उस्मान बनेका सज्जाद डेलप|mुजको अभिनय जोडदार छ ।

प्राविधिक पक्ष

फिल्मको सिनेम्याटोग्राफी एकदमै राम्रो छ । अली अब्बास जफले फिल्मको लोकेसन निकै राम्रो छनौट गरेका छन् । स्कि्रनप्ले कसिलो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment