+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

अपाङ्गता भएका तीन दिदीभाइले घरमै पाए नागरिकता

विकास मरहट्टा विकास मरहट्टा
२०७४ पुष १४ गते १६:५५

१४ पुस । गोरखा । गोरखाको शहीद लखन गाउँपालिका-७ कोटगाउँका ५२ वर्षीय धनबहादुर श्रेष्ठले अपाङ्गता भएका अाफ्ना छोराछोरीलाई नागरिकता बनाउनका लागि सदरमुकाम लाने धेरै प्रयास गरे । तर, हिडडुल गर्न नसक्ने अवस्थाका उनका छोराछोरीलाई उनले सदरमुकाम लान सकेनन् ।

उनका ६ जना छोराछोरी मध्ये तीन जना अपाङ्ग छन् । उनीहरु सामान्य हिडडुल गर्न पनि सक्दैनन् ।

नागरिकताकै लागि उनीहरुलाई बोकेर सदरमुकाम लाने प्रयास गर्दा श्रेष्ठले मान्छे भेटेनन् । तर, शुक्रवार घरमै छोराछोरीको नागरिकता बनेपछि उनको खुशीको सीमा रहेन ।

शहीद लखन गाउँपालिका वडा नम्वर ७ का वडा अध्यक्ष शरण श्रेष्ठको पहलमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिृकतसहितको टोली शुक्रवार श्रेष्ठको घरमै पुगेर उनका छोराछोरीको नागरिकता बनाइदिए ।

नागरिकता पाउनेमा २९ वर्षीया लीला श्रेष्ठ, २६ वर्षीया शीला श्रेष्ठ र १८ वर्षीय रावीव श्रेष्ठ रहेका छन् ।

छोराछोरीको नागरिकता घरमै बनेपछि उनीहरुका परिवार दंग छन् । ‘छोरी २९ वर्ष पुग्दा पनि अहिले सम्म नागरिकता बनेको थिएन, बनाउनका लागि उनीहरुलाइ बोकेर सदरमुकाम लानुपर्नेे,’ श्रेष्ठले भने,’बोक्ने मान्छे कति खोजे तर नपाएपछि यिनीहरुको नागरिकता बनाउन पाइएन ।’  तर, घरमै उनीहरुको नागरिकता बनेपछि श्रेष्ठ भावुक पनि बने ।

अपाङ्गता भएका कारण हिडडुल गर्न नसकेर नागरिकता नबनेको कुरा थाहा पाएपछि प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर उनीहरुलाइ घरमै नागरिकता दिने व्यवस्था मिलाएको वडा अध्यक्ष श्रेष्ठ बताउछन् ।

यस अघि पनि बिभिन्न ठाउँबाट सहयोग जुटाएर उक्त परिवारलाई नगद एक लाख रकम सहयोग गरिएको श्रेष्ठको भनाइ छ ।

सोही अवसरमा दुई जना जेष्ठ नागरिकले पनि नागरिकता बनाएका छन् । सोही वडाका ७२ वर्षीय बिस्तारी गुरुङ र ७१ वर्षीय वीरबहादुर गुरुङले नागरिकता बनाएका हुन् ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?