+
+

सिकारुले चलाएको जीपको ठक्करबाट एकको मृत्यु, ५ घाइते

कृष्ण सिग्देल कृष्ण सिग्देल
२०७४ पुष १४ गते १८:०७

१४ पुस, बारा । सिकारुले चलाएको गाडीको ठक्करबाट बाराको कलैया उपमहानगरपालिका वडा नं.१० स्थित मटिअर्वामा शुक्रवार दिउँसो एक जनाको मृत्यु भएको छ ।

ठक्करबाट विद्यालय परिसरमै एक जना विद्यार्थीको मृत्यु भएको हो । घटनामा अन्य पाँच जना विद्यार्थीहरु भने घाइते भएका छन् ।

स्थानीय नेपाल राष्ट्रिय उच्च माध्यामिक विद्यालय परिसरमा भारतीय नम्बरको गाडी जे.एच.०९बि.३७०८ भारतीय नम्बरको बोलेरो जीप सिकारुले चलाउने क्रममा अनियन्त्रित भइ विद्यार्थीलाई ठक्कर दिएको हो ।

जिपको ठक्करबाट विद्यालयमा अध्ययनर्त १० वर्षीय सुरज साहको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कलैया बाराले जनाएको छ ।

घटनामा घाइते भएका अन्य ५ मध्य ४ विद्यार्थीको अवस्था गम्भीर रहेको र एक जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बारालेे जनाएको छ ।

घाइते सबैलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा लगिएको छ भने जीप चलाउँने सिकारु च्ाालक, जीप र गाडी धनीलाई जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?