Comments Add Comment

केराउ नाकमा घुसार्दा हस्पिटल भर्ना भएँ: केकी अधिकारी

म सानैदेखि धेरै कुरामा सोझी र इमान्दार केटी हुँ । स्कुलमा कहिल्यै कसैसँग झगडा गरिनँ । सायद क्लासको फष्ट गर्ल भएकीले पनि हुन सक्छ ।

तर, घरमा भाइसँग भने खुब झगडा पथ्र्यो । रिमोट हातमा लिने विषयमा कुटाकुट नै हुन्थ्यो दिदीभाईबीच ।

म स्कुलबाट आएपछि सबैभन्दा पहिले होमवर्क गर्थेँ । तर, भाई भोलीपल्ट बिहानसम्म पनि गरिरहेको हुन्थ्यो । मभन्दा सानो भएकाले भाइलाई बाबाममीले बढी माया गरेको हो कि जस्तो लाग्थ्यो । कहिलेकाहीँ रुन्थेँ पनि । मलाई गाली गर्दा वा भाईलाई माया गर्दा मलाई चित्त दुख्थ्यो । अनि ढोका थुनेर रुन्थेँ ।

हाम्रो आफ्नै स्कुल थियो । हामी सबै होस्टेलमा बस्ने भएकाले लामो समय हिँडेर वा बस चढेर स्कुल जान परेन । तल्लो कोठामा पुग्दा स्कुल हुन्थ्यो माथिल्लो कोठामा उक्लेपछि घर पुगिन्थ्यो । स्कुल जाँदा आउँदाका खास अनुभव हाँसिल गर्न पाइएन ।

४ कक्षामा नपुगी पेनले लेख्न पाइदैन थियो । कहिले ४ कक्षामा पुगुम्ला र मसी भरेर पेनले लेख्न पाइएला जस्तो लाग्थ्यो । जब ४ कक्षामा गएँ मसी भरेर पेनले लेख्न थालेपछि ठुलो मान्छे भए जस्तो लाग्यो । लुगामा मसी लाग्दा पनि रमाइलो लाग्थ्यो ।

मलाई यहि नै नमिठो भन्ने लाग्दैन तर, सानो वेलामा प्याज, गोलभेडा र लौका खान गार्‍हो मान्थेँ । ममीले खानुपर्छ भन्नुहुन्थ्यो तर, म थालमा साइड लगाएर राख्थेँ ।

त्यस्तो ठुलो बदमासी गरेको याद छैन । अरुलाई बिगार गर्ने खालको काम मबाट भएन । कक्षा १ मा पढ्दा आफ्नै वदमासीले हस्पिटलै भर्ना हुन परेको थियो । छतमा आमाले केराउ सुकाउन भएको रहेछ । मैले नाक र कानमा केराउको दाना घुसारेछु । त्यतिवेला चाँहि हस्पिटलै भर्ना हुन परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment