Comments Add Comment

साम्राज्ञीलाई बेलायतले भिसा किन दिदैन ?


नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहका कारण निर्देशक रेनशा वान्तवा राइको पहिलो डेब्यू चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ समस्यामा परेको छ । चलचित्रको छायांकन नेपालमा सकिएको छ भने बेलायतमा हुन सकेको छैन । साम्राज्ञीलाई बेलायतले भिसा नदिदा चलचित्रको छायांकन हुन नसकेको हो ।

पहिलो पटक नेपालबाटै बेलायतको भिसाका लागि आवेदन दिएकी नायिका शाहलाई बेलायतले पत्याएन । त्यसपछि दशैको अवसर पारेर बेलायतमा रहेकी रेनशा नेपाल फर्किइन् । चलचित्रका मुख्य नायक धिरज मगर भने बेलायतमै रहेर अध्ययन गरिरहेका छन् ।

साम्राज्ञीले फेरि दोश्रो पटक पनि भिसा एप्लाई गरिन्, त्यो पनि भारत पुगेर । भारतमा पुगेर साम्राज्ञीले भिसाका लागि आवेदन दिएपनि उनलाई बेलायतले फेरि पत्याएन । दोश्रो पटक पनि साम्राज्ञीको भिसामा समस्या आएपछि चलचित्रको छायांकन अन्यौलमा परेको छ ।

साम्राज्ञी यो चलचित्रको छायांकन सकेर नायक आर्यन सिग्देलको निर्माणमा बन्न लागेको चलचित्र ‘कायरा’को छायांकनमा व्यस्त हुने तयारीमा थिइन् । यो चलचित्रको छायांकन फिलिपिन्समा गर्ने तयारी गरिएको छ ।

साम्राज्ञीको भिसा नै नलगाई रेनशाले चलचित्रको छायांकन सुरु गर्दा अहिले समस्या परेको छ । साम्राज्ञी केहि समय अगाडि मात्र चलचित्र ‘ए मेरो हजुर २’को शोका लागि अष्ट्रेलिया पुगेर आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment