Comments Add Comment

पेट्रोलियम कारोबारको फाइल पेश गर्न आयल निगमलाई सर्वोच्चको आदेश

१७ पुस, काठमाडौं । सर्वोच्च अदालतले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको कारोबार र नियमनसँग सम्बन्धित सम्पूर्ण विवरण उपलब्ध गराउन आदेश दिएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायधीश पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले निगमका नाममा यस्तो आदेश दिएको हो ।

पेट्रोलियम पदार्थको कारोबार, पेट्रोलियम पदार्थ आयातका लागि भारत सरकारको भारतीय आयल निगमसँग भएका सम्झौता, मूल्य निर्धारण प्राणाली, ऐन, नियम लगायतका सम्पूर्ण कागजातको सक्कली फाइल पेशीका बखत इजलाससमक्ष देखाउने गरी उपस्थित हुन निगमलाई आदेश दिएको हो ।

दुई वर्षअघि भारतीय नाकाबन्दीका समयमा अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनाले दायर गरेको रिटमाथि सुनुवाई गर्दै अदालतले यस्तो आदेश दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment