Comments Add Comment

२०१८ को बलिउडः शाहरुखको क्रेज फर्किने, सलमान बाबु बन्ने !

मुम्बई । सञ्जयलीला भन्साली निर्देशित चलचित्र ‘पद्मावती’ सन् २०१७ मा प्रदर्शन हुनुपथ्र्यो । तर, हुन सकेन ।

राजपुत समुदाय र हिन्दुवादी संगठनको विरोधको कारण फिल्मका विषयमा विभिन्न टिकाटिप्पणी भयो । वर्षको अन्तिममा सेन्सर बोर्डले फिल्मको नामै ‘पद्यमावत’ राख्न सुझाव दियो । यो फिल्म २०१८ को कुनै दिन रिलिज हुने सम्भावना छ ।

यसबाहेक वर्ष ०१८ मा बलिउडमा १८ वटा घटना हुन सक्ने भन्दै भारतीय मिडियाले गरेको टिप्पणीः

शाहरुख खानको क्रेजः सन् २०१४ मा रिलिज भएको ‘ह्याप्पी न्यु इयर’ पछि शाहरुख खानको अन्य फिल्मले चर्चा पाउन सकेनन् । यो वर्ष उनको नयाँ फिल्म ‘जीरो’ रिलिज हुँदैछ । जिरोले उनको क्रेज स्थापित गर्ने दावी केही फिल्मकर्मीले गरेका छन् ।

सोनम कपुरको विवाहः यही वर्ष फेब्रुअरी वा मार्चमा सोनम कपुरको प्रेमी आनन्द आहुजासँग विवाह हुन सक्छ । तर, यसको आधिकारिक पुष्टि अहिलेसम्म भएको छैन । हल्ला मात्रै हो वा साँँच्चै पारिवारिक सदस्यले भनेपछि मात्रै पक्का हुने छ ।

अहिलेसम्मकै महंगो फिल्मः भारतमा बनेको सबैभन्दा महंगो फिल्मको रुपमा चिनिन्छ ‘२.०’ । आउँदो अपि्रलमा रिलिज हुने यो फिल्मको लागत ४५० करोड भारतीय रुपैंया रहेको छ । रजनीकान्त र अक्षयकुमार अभिनित यो फिल्मले ब्यापारको सबै रेकर्ड तोड्ने अनुमान फिल्मी पण्डितको छ ।

श्रीदेवीको छोरीको डेब्युः श्रीदेवीकी छोरी जान्हवी कपुर यही वर्ष बलिउडमा डेब्यु गर्दैछिन् । शाहिद कपुरको भाई इशान खट्टरसंग उनले ‘धडक’मा अभिनय गरेकी छिन् । जान्हवीको जादु श्रीदेवीकै जस्तो हुने हो कि हैन हेर्न वाँकी छ ।

पहिलो पटक अमिताभ-आमिरः अमिताभ बच्चन र आमिर खान पहिलो पटक एउटै फिल्ममा देखिएका छन् । उनीहरुले अभिनय गरेको फिल्म ठग्स अफ हिन्दोस्तान नोभेम्बरमा रिलिज हुने भएको छ ।

कस्तो हुन्छ रेस-३: रेसको तेस्रो सिक्वेल रेस-३ पनि यही वर्ष जूनमा रिलिज हुँदैछ । यो फिल्मलाई सलमान खानको च्यालेञ्जको रुपमा हेरिएको छ । किनकी अघिल्ला दुवै फिल्ममा सेफ अलि खानले मुख्य भुमिका निर्वाह गरेका थिए र दुबै फिल्म बक्स अफिसम हिट भएका थिए । हेर्न बाँकी छ, सलमान अभिनित फिल्मले दर्शकलाई सन्तुष्ट बनाउने हो कि हैन ?

सेफकी छोरीको भविष्यः सेफ अलि खानकी छोरी सारा अली खानले अभिनय गरेको ‘केदारनाथ’ पनि यही वर्ष रिलिज हुने भएको छ । सैफ अलीकी पूर्वपत्नी अमृता सिंहको छोरीको भविष्य कस्तो हुने हो फिल्म रिलिज नभई भन्न सकिन्न ।

करिनाको कमब्याकः छोरा तैमुर अलिलाई जन्म दिएपछि करिनाले अभिनय गरेको फिल्म ‘वीर दी वेडिङ’ पनि आउँदो मेमा रिलिज हुँदैछ ।

सन्नी देवलका छोराको भविष्यः धर्मेन्द्रको तेस्रो पुस्ता सन्नी देवलका छोरा करण देवलको डेब्यु फिल्म आउँदो डिसेम्बरमा रिलिज हुँदैछ । ‘पल पल दिल के पास’ उनले अभिनय गरेको फिल्म हो । हेर्न बाँकी छ, नातीको क्रेज हजुरबा धर्मेन्द्रकै जस्तो हुन्छ कि हुन्न ।

सलमान खान बाबु बन्नेः ५२ वर्ष लागेका सलमानले विवाह गर्छन् वा गर्दैनन् अझै भन्न सकिन्न । तर, उनले गएको वर्ष एक कार्यक्रममा आफु २/३ वर्षमा बाबु बन्ने बताएका थिए । बलिउडमा सेरोगेसी वा बच्चा एडप्ट गरेर पनि बाबु बन्ने चलन छ । हेर्न बाँकी छ सलमान बाबु बन्छन् कि बन्दैनन् ।

बाहुबलीको रेकर्ड कसले तोडलाः वर्ष २०१७ मा एसएस राजामौलि निर्देशित चलचित्र ‘बाहुबली २ द कन्फ्युजन’ले भारतको सबै रेकर्ड तोड्यो । उक्त फिल्मले विश्वभरवाट १६०० करोड रुपैया कमाइ गर्‍यो भने भारतमा मात्रै १३८० करोड कमाइ गरेको थियो । हेर्न बाँकी छ यो वर्ष यसको रेकर्ड ब्रेक गर्ने कोही आउछ कि आउदैन ।

सलमान-ऐश्वर्याको टक्करः यो वर्ष सलमान खान र उनकी पूर्वप्रेमिका ऐश्वर्या राय बच्चनको पहिलो पटक बक्स अफिसमा टक्कर हुने भएको छ । ऐश्वर्याको फन्ने खान र सलमानको रेस-३ एउटै मितिमा प्रदर्शन हुने भएका छन् ।

अमिताभ र ऋषीको जोडीः अमर अकबर एन्थोनी, कभी कभी, नसीब जस्ता फिल्ममा एकसाथ देखिएका अमिताभ बच्चन र ऋषि कपुरले २६ वर्षपछि स्त्रिmन शेयर गरेका छन् । उनीहरुले अभिनय गरेको १०२ नट आउट यही वर्ष रिलिज हुने भएको छ । हेर्न बाँकी छ उनीहरुको जोडीको प्रभाव दर्शकमा कस्तो पर्ने छ ।

कपिलको भविष्यः हिन्दी फिल्म ‘फिरंगी’ असफल भएपछि कपिल शर्मा स्त्रिmनबाटै गायब भए । वर्षको अन्त्यमा यो पनि हल्ला चल्यो कपिल पुन टेलिभिजनमा आउँदैछन् । उनी पुन आउछन् वा हराइरहन्छन् केही समय कुर्नैपर्ने भएको छ ।

को बन्छ बिग बोसः बिग बोस ११ को फाइनल यहि जनवरीमा हुनेछ । हिना खान, शिल्पा सिन्दे र विकास गुप्ता विग बोसका प्रवल दावेदर बनेका छन् । हेर्न बाँकी छ उपाधि कसले पाउने हुन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment