Comments Add Comment

फोहोरमुक्त नगर बनाउने अभियानमा जुट्यो गोरखा नगरपालिका

१८ पुस, गोरखा । नगर क्षेत्रको सरसफाइका लागि गोरखा नगरपालिकाले अभियान सञ्चालन गरेको छ । फोहोर व्यवस्थापन कार्य प्रभावकारी बनाउन नगरपालिकाले मंगलवारबाट अभियान थालेको हो ।

अभियान अन्तर्गत नगर क्षेत्रको बिभिन्न ठाउँबाट नियमित फोहोर उठाउने कार्यालयले प्रतिवद्धता व्यक्त गरेको छ । ‘पहिले जे जे भए पनि हरेक ठाउँबाट अव हामी कम्तिमा पनि हप्ताको दुइ/तीन पटक फोहोर उठाउने व्यवस्था मिलाउछाैं,’ गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपराज अधिकारीले भने, ‘त्यसवापत प्रत्येक घरधनीले मासिक एक सय रुपैयाँ कार्यालयलार्इ बुझाउनुपर्छ ।’

राजश्व संकलन भन्दा पनि नगरक्षेत्रलाइ फोहोर मुक्त बनाउने उदेश्यका साथ शुल्क लिइएको अधिकारीले बताए ।

प्रत्यक वडाको टोल बिकास संस्थासँग समन्वय गरेर अभियान संचालन गरेको कार्यालयका वातावरण प्रमुख धुव्र प्रसाद घिमिरेले बताए । ‘आज हामी वडा नम्वर ८ को नयाँ वस्तीमा गएर घरधनीलार्इ महशुल कार्ड वितरण गर्‍यौं, अब क्रमिक रुपमा अन्य ठाउँमा पनि वितरण गर्नेछौ,’ उनले भने ।

कार्यालयका प्रमुख प्रशासकीय अधिकृत अधिकारी, वडा नम्वर ८ का वडा अध्यक्ष कृष्ण केसीलगायत कार्यालयका अन्य कर्मचारीको टोली स्थानीयको घरमै पुगेर कार्ड वितरण गरेको हो । कार्ड वितरण सँगै फोहोर व्यवस्थापन कार्यलार्इ प्रभावकारी बनाउने कार्यालयले प्रतिवद्धता व्यक्त गरेको छ ।

यसअघि फोहोर उठाएको शुल्क नलिने गरे पनि जनशक्ति परिचालनमा समस्या भएका कारण शुल्क उठाउन थालिएको कार्यालयले जनाएको छ । ‘फोहोर मैला व्यवस्थापनमा काम गर्ने अहिले सात/आठ जना कर्मचारी छन्, फोहोर उठाउनका लागि करिव तीन वटा सवारी छ, यसको खर्च जुटाउनका लागि पनि रकम संकलन गर्न थालेका हौं,’ प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भने ।

फोहोर संकलन गर्नकै लागि अबको एक हप्ता भित्र नयाँ ट्रिपर आउने पनि उनले जानकारी दिए । नगर क्षेत्रलार्इ फोहोर मुक्त बनाउन अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

छरिएर रहेका वस्तीमा भन्दा पनि शहरीकरण भएको बजार क्षेत्रमा फोहोर व्यवस्थापनको बढी समस्या भएकाले त्यसको समाधानका लागि नयाँ अभियानसँगै स्थलगत रुपमा टोली खटाइएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment