१९ पुस, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज) को सान्दर्भिकता नसकिएको बताएका छन् ।
एमाले उपमहासचिव घनश्याम भुसालले जबजको च्याप्टर क्लोज भएको बताएपछि सुरु भएको बहसमा एमाले वरिष्ठ नेता नेपाल पनि सहभागी भएका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा एमाले नेता नेपालले भने, ‘जबजको सान्दर्भिकता सकिएको छैन । अझ उजागर भएको छ ।’
यद्यपि जबजका कम्पोनेन्टहरुमा समयानुकुल सुधार गर्दै जानु पर्ने उनले बताए ।
माओवादीले भन्दै आएको २१ औं सताब्दीको जनवाद र जबजको कम्पोनेन्टमा ठूलो अन्तर नभएको भन्दै उनले छलफलबाट एउटा मिलन बन्दुमा पुग्न सकिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4