Comments Add Comment

राष्ट्रिय महिला फुटबलको सुपर लिगमा आर्मी भर्सेस पुलिस (लाइभ)

फाइल तस्वीर

२३ पुस, काठमाडौं । १६औं राष्ट्रिय महिला राष्ट्रिय फुटबल अन्तर्गत सुपरलिगका खेलहरु आजबाट सुरु भएका छन् । पहिलो खेलमा दुई बिभागीय टोलीहरु त्रिभुवन आर्मी र नेपाल पुलिसबीच प्रतिस्पर्धा भइरहेको छ ।

राखेप च्याम्पियनसिप अन्तर्गत आयोजना गरिएको महिला फुटबलमा सहभागी आठमध्ये दुई समूहका शीर्ष दुई दुई टोलीले सुपरलिगमा स्थान बनाएका थिए ।

सुपर लिगको पहिलो खेलमा अहिले समूह एको उपबिजेता आर्मी र समूह बीको बिजेता नेपाल पुलिसबीच प्रतिस्पर्धा भइरहेको हो ।

सुपरलिगमा सबै टोलीले एक अर्कासँग खेल्नेछन् । आजै हुने दोस्रो खेलमा बिभागीय टोली एपिएफ र सुदूपश्चिम बिकास क्षेत्रको टोली आमनेसामने हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment