Comments Add Comment

किम जोङ उनसँग फोन वार्ता गर्ने ट्रम्पको इच्छा

२३ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँग फोनमा कुराकानी गर्ने इच्छा व्यक्त गरेका छन् ।

साथै उनले दक्षिण र उत्तर कोरियाबीच आगामी साता हुने वार्ताले कोरियाली प्रायद्वीपको तनाव केही कम हुने विश्वास समेत व्यक्त गरेका छन् ।

क्याम्प डेभिडमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘मैले सँधै कुराकानीमा विश्वास गरेँ ।’

साथै किम जोङ उनसँग सिधै कुराकानी गर्न आफूलाई कुनै समस्या नरहेको बताए । तर, कुराकानीका लागि केही सर्त पहिल्यै तय हुने उनले प्रष्ट पारे ।

अमेरिकी राष्ट्रपतिले दुई कोरियाली देशबीच हुन लागेको कुराकानीले ओलम्पिकमा उत्तर कोरियाको सहभागितालाई सुनिश्चित गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘सही समय आएपछि अमेरिकाले पनि यो सम्वादमा भाग लिन्छ ।’

गत वर्ष अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियालाई पूर्ण रुपमा तहस नहस बनाउने चेतावनी दिएका थिए ।

नयाँ वर्षको सुरुवातमा किम जोङ उनले ट्रम्पलाई चेतावनी दिँदै परमाणु बमको स्वीच आफ्नो डेस्कमा रहेको बताए । त्यसको जवाफमा ट्रम्पले पनि आफूसँग ठूलो र शक्तिशाली परमाणु हतियारको स्वीच आफूसँग रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment