Comments Add Comment

जनसम्पर्क मञ्च मलेसियाले बालबालिकालाई बाँड्यो न्यानो लुगा

२४ पुस, इलाम । प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाले इलाममा सञ्चालित एक वौद्धिक अपाङ्गता स्रोत कक्षाका १४ जना बालबालिकालाई न्यानो लुगा र खाद्यान्न प्रदान गरेको छ ।

इलाम नगरपालिका ५ मा रहेको अमर माध्यमिक विद्यालयमा सञ्चालित स्रोत केन्द्रका २४ जना वौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई सोमबार एक कार्यक्रमको आयोजना गरेर न्यानो लुगा हस्तान्तरण गरेको हो ।

मञ्चका सदस्य होमप्रसाद भट्टराईले बालबालिकाहरुलाई बालबालिकाहरुलाई ज्याकेट, ट्राउजर, पञ्जा र जुराफ प्रदान गरेका थिए ।

वैदेशिक रोजगारको क्रममा मलेसियामा कार्यरत इलामेहरुले पारिश्रमिकबाट केही रकम वचत गरेर बालबालिकाहरुलाई सहयोग गरेको मञ्चका बुद्धिमान राईले बताए ।

मञ्चले यसअघि पनि वृद्धाश्रम, अनाथालय, खेलुकूदलगायतका क्षेत्रमा सहयोग दिँदै आएको छ । मलेसियामा विभिन्न समस्यामा परेका इलामेहरुलाई पनि मञ्चले सहयोग पुर्‍याउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment