+
+
Shares

डा. केसीलाई पक्राउ गरिएकोमा प्रधानमन्त्री रिसाए

मलार्इ थाहै नदिर्इ केसीलार्इ समातियोः देउवा

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २४ गते २०:०९

२४ पुस, काठमाडौं । डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरी रातारात हिरासतमा राखेकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले असन्तुष्टि व्यक्त गरेका छन् । प्रहरीले आफूलाई थाहै नदिई डा. केसीलाई गिरफ्तार गरेको प्रधानमन्त्री देउवाको गुनासो छ ।

‘प्रधानमन्त्रीज्यूलाई थाहै नदिई डा. केसीलाई पक्राऊ गरियो,’ प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले अनलाइनखबरसँग भने, ‘डा. केसीलाई त्यसरी अपराधीलाई जस्तै गरेर पक्राउ गरिएकोमा प्रधानमन्त्रीज्यू असन्तुष्ट हुनुहुन्छ ।’

प्रधानमन्त्री देउवाको भनाइ उधृत गर्दै परियारले अगाडि भने, ‘डा केसीलाई भोलि बिहान ९ बजे अदालतमा उपस्थित हुन सर्वोच्चले भनेको अवस्थामा राति नै पक्राऊ गर्न कुनै जरुरी थिएन, बिहान ९ बजे उहाँ आफैं अदालत जान सक्नुहुन्थ्यो ।’

डा. केसीको गिरफ्तारीबारे जानकारी नभएको बताउने प्रधानमन्त्री देउवा आफैं गृहमन्त्रीसमेत हुन् । तर, डा. केसीलाई पक्राउ गर्नुअघि आइजीपी वा अरू कुनै पनि प्रहरी अधिकारीले आफूलाई जानकारीसम्म नदिएको देउवाको गुनासो छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?