Comments Add Comment

कतार एयरवेजको ग्लोबल सेल्स प्रमोसन अभियान

हरेक क्याबिन क्लासमा आकर्षक छुट तथा उपहार


२५ पुस, काठमाडौं । कतार एयरवेजले सन् २०१८कालागि आफ्नो पहिलो ग्लोबल सेल्स क्याम्पेन ग्लोबल ट्राभल बुटिकको घोषणा गरेको छ ।

यस योजना अन्तर्गत यात्रुले एयरवेजको क्याविन क्लासेसमा यात्रा गर्दा आकर्षक उपहार तथा छुट पाउन सक्ने कम्पनीले जानकारी दिएको छ ।

विश्वभरका गणतब्यमा एयरवेजका ईकोनोमी, विजनेस र फस्र्ट क्लास मार्फत यात्रा गर्दा यस सुविधाको फाइदा उठाउन सक्नेछन् । योजना अन्तर्गत छुटका साथै यात्रुले कतार एयरवेज प्रिभिलेज क्लब मार्फत १ लाख ओमाइल्स, कतार डुयूटी पि|m, कतार एयरवेज होलिडेज् तथा विभिन्न आकर्षक उपहारहरु जित्ने अवसर पाउन सक्छन् ।

योजना मार्फत यात्रुलाई टिकट दरमा ३५ प्रतिशत छुटका साथै विजनेश तथा फस्र्ट क्लास अन्तर्गत कम्पानियन अफरको समेत फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ । बच्चा सहितका परिवारले योजना अवधिभर किड्स विशेष अफर अन्तर्गत विशेष छुट सुविधाको समेत ब्यवस्था रहेको छ ।

‘सन् २०१८को सुरुवात ग्लोबल ट्राभल बुटिक प्रमोशन मार्फत आफ्ना यात्रुलाई विभिन्न छुट तथा अफरका साथमा गर्न पाउँदा हामी निकै गौरवान्वि छौँ’, कतार एयरवेजका चिफ कमर्सियरल अफिसर एहव अमिनले भने ‘अवसरको फाइदा उठाउँदै अफरको भरपूर फाइदा लिन हामी समस्त यात्रु माझ अनुरोध गर्न चाहान्छौँ ।’

सार्वजनिक योजना अन्तर्गत ज्यानवरी ९ देखि १६ सम्म बुकिङ गर्ने यात्रुले हरेक बुकिङमा दोब्बर क्यूमाइल्स जित्न सक्ने कम्पनीले जानकारी दिएको छ । यसरी बुकिङ गरिएका टिकटको अवधि भने ९ ज्यानवरी देखि १० डिसेम्बर २०१८ सम्म हुनेछ । साथै, योजना अवधिभर कतारएयरवेज डट कम मार्फत बुकिङ गर्ने उपभोक्तालाई र्‍याफलमा सम्मिलित गरिने छ ।

यसरी र्‍याफलमा सहभागि मध्यबाट १० भाग्यशाली विजेताले १ लाख क्यूमाइल्सका साथै कतार एयरवेज होलिडेज्का तर्फबाट दूई जनाका लागि ३ रात स्टे अफर सहितका १० होटल भाउचर मध्य १ जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment