Comments Add Comment

गौरीगञ्जको बजेट ५५ करोड

२७ पुस, सुरुङ्गा, झापा ।  रु ५५ करोड १८ लाख ४१ हजार ११३ को बजेट विनियोजन गर्दै गौरीगञ्ज गाउँपालिकाको प्रथम गाउँसभा सम्पन्न भएको छ ।

झापा क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले चालु आवका लागि बजेट सार्वजनिक गरे ।

आन्तरिक कर, राजश्व, नेपाल सरकारबाट प्राप्त हुने विभिन्न शीर्षकको अनुदान र प्रदेश सरकारबाट प्राप्त हुने अनुमानित अनुदानसमेत जोडेर अध्यक्ष श्रेष्ठले २०७४/०७५ को बजेट सार्वजनिक गरेका थिए ।

चालु खर्चतर्फ रु १९ करोड ५७ लाख ५५ हजार ७३३ (३५.४७५ प्रतिशत) र पूँजीगत खर्चतर्फ रु ३५ करोड ६० लाख ८५ हजार ३८० (६४.५३५ प्रतिशत) हुने पनि उहाँले जानकारी दिए ।

‘कृषि, शिक्षा, उद्योग, व्यवसायमा उन्नति ः गौरीगञ्जवासीमा समुन्नति’ मूल नारासहित गाउँसभा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment