२८ पुस, काठमाडौं । तराईका जिल्लाहरुमा जाडोले कठ्याङग्रिएर सर्वसाधारण नागरिकको मृत्यु भइरहेका बेला माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लीग (वाईसीएल)ले ‘तरार्इमा न्यानो बाडौं’ अभियान सुरु गरेको छ ।
तराईका नागरिकहरुलाई शीतलहरबाट बचाउनका लागि वाईसीएलले कम्मल राहत वितरण गर्ने निर्णय गरेको हो ।
वाईसीएलले तराईका जिल्लामा कम्मल लिएर ‘न्यानो’ बाँड्न जान लागेको अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले जानकारी दिए ।
‘तपाइँ कम्बल दिएर सहयोग गर्नुस् हामी न्यानो लिएर जाँदैछौ’ भन्ने मूल नाराका साथ राहत वितरण गर्न लागेको अध्यक्ष दीपशिखाले बताए । ‘हामी संगठन बनाएर मात्र बस्दैनौं’ उनले भने ‘संगठनबाट सामाजिक काम पनि गर्छौ ।’
राहत संकलनका लागि वाईसीएलले विभिन्न व्यक्ति र संघसंस्थाहरुलाई आव्हान समेत गरेको छ ।
राहत संकलनका लागि माघ ३ गतेसम्मको समयसीमा तोकिएको अध्यक्ष दीपशिखाले बताए । यो अवधिभित्र सबैले राहत सामग्री दिएर सहयोग गर्न वार्इसीएलले आग्रह गरेको छ ।
यसअघि वार्इसीएलले तराईका बाढी पीडितहरुलाई राहत वितरण गरेको थियो ।
प्रतिक्रिया 4