Comments Add Comment

पाँच बुँदे सहमतिपछि डा. गोविन्द केसीले अनसन तोडे


२९ पुस, काठमाडौं । अनसनरत प्रा.डा. गोविन्द केसीले अनसन तोडेका छन् । शुक्रबार राति सरकारसँग ५ बुँदे सहमति भएपछि डा. केसीले शनिबार बिहान १० बजे अनसन तोडेका हुन् ।

केसीले जुत्ता सिलाइ पेसा गर्ने नथुनिया मोचीको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।

चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डीनमा शशि शर्मालाई पुनर्वहाली गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै केसी यसको खारेजी र प्रधानन्यायाधीशको राजीनामा माग गर्दै  पुस २४ गते अनसन बसेका थिए ।

तर, पुस २४ गते उनकाे भनाइले अदालतकाे अवहेलना गरेकाे भन्दै सर्वाेच्चले पक्राउ गर्न आदेश दिएको थियो । त्यसको २ दिनपछि अदालतकै आदेशमा रिहा भएका केसीले सरकारसँग ५ बुँदे सहमति गर्दै अनसन तोडेका हुन् ।

सरकार र केसीबीच भएको पाँच बुँदे सहमतिमा चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन ७ दिनभित्र सिफारिस समिति गठन गर्ने, त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आर्इओएम) को डीनमा प्रा.डा. जगदीशप्रसाद अग्रवाललाई नै निरन्तरता दिने उल्लेख छ ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको खोसिएको अधिकार फिर्ता गर्ने सम्बन्धमा यसअघि गरिएका सम्झौता कार्यान्वयन गर्न त्रिवि कुलपतिले यथाशीघ्र र यथोचित कदम लिने बुँदासमेत सहमति पत्रमा छ । सहमतिको चौथो बुँदामा त्रिवि शिक्षण अस्पतालको सेवा र गुणस्तर बृद्धि गर्ने उल्लेख छ भने पाँचौंमा केसीले अनसन कार्यक्रम अन्त गर्ने उल्लेख छ ।

केसीको प्रमुख मागमध्ये प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा एक भए पनि यो विषय भने सहमतिपत्रमा उल्लेख छैन ।

हेर्नुहाेस् सरकार र केसीबीच भएको सहमतिपत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment