Comments Add Comment

अष्ट्रेलियाबिरुद्धको पहिलो एकदिवशीयमा इंग्ल्याण्डले पायो ३०५ रनको लक्ष्य

३० पुस, काठमाडौं । मार्कस स्टोनिसको पछिल्ला ओभरमा आक्रामक पारी खेल्दै ३६ बलमा अर्धशतक बनाएपछि अष्ट्रेलियाले इंग्ल्याण्डविरुद्धको पहिलो एकदिवशीय क्रिेटमा ३०४ रन बनाएको छ ।

इंल्याण्डविरुद्धको पहिलो एकदिवसीयमा अष्ट्रेलियाले ५० ओभरमा ८ विकेट गुमाएर ३०४ रन बनाएको हो ।

इंग्ल्याण्डले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

मेलवर्न क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको अष्ट्रेलियाले ३७.२ ओभरमा पाँचौं विकेट गुमाउँदा उसको स्कोर २०५ रन मात्र थियो । तर, क्रिस वोक्सको बलमा आउट हुनु अघि स्टोनिसले मात्र ४० बलमा ६० रन बनाए ।

अष्ट्रेलियाका एरोन फिन्चले १०७ रन बनाए भने मिचेल मार्सले ५० रनको योगदान दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment