Comments Add Comment

रामेछापमा ट्याक्टर दुर्घटना हुँदा १ को मृत्यु, ३ घाइते

३ माघ, रामेछाप । मन्थली नगरपालिका- ६ भलुवाजोरमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ, ३ जना घाइते भएका छन् ।

भलुवाजोरको कुभिण्डेबाट घर बनाउन ढुंगा लिएर बेतिनी जाँदै गरेको को २ त २६१० नम्बरको ट्याक्टर सडकबाट १५ मिटर तल खस्दा मन्थली नगरपालिका- ६ भलुवाजोरकी ३६ वर्षीया सानुमाया तामाङको घटनास्थलमै मृत्यु भएको रामेछापका प्रहरी निरीक्षक राजकुमार थापाले जानकारी दिए ।

दुर्घटनामा भलुवाजोरकै ३१ वर्षकी पूर्णिमा मोक्तान, कुलबहादुर थोकर र ट्याक्टर चालक लिखु गाउँपालिका ३ का राजकुमार तामाङ घाइते भएका छन् ।

घाइतेमध्ये पूणिर्मा मोक्तानको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुको जिल्ला रामेछाप अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment