Comments Add Comment

नेत्रहीन नेपाली क्रिकेटर युएईमा सम्मानित

६ माघ, युएई । एकदिवसीय विश्वकप क्रिकेट खेलेको नेपाली नेत्रहीन क्रिकेट खेलाडी दुबईमा सम्मानित भएका छन् । संयुक्त अरब इमिरेट्स (युएई) मा रहेका नेपाली नेत्रहीन क्रिकेट टिमलाई एभरेस्ट मार्सल आर्टस् एन्ड स्पोर्टस् क्लबको आयोजनामा सम्मान गरिएको हो ।

बरदुबईस्थित एभरेस्ट मार्सल आर्टस् एन्ड स्पोर्टस् क्लबको आयोजनामा दुबईको गैरआवासीय नेपाली समाज, पत्रकार महासंघ युएई शाखा, नेपाल आदिवासी जनजाती महासंघ, नेपाली समाज, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज, नेपाली समाज युएई र नेपाली मुस्लिम सोसाइटीले संयुक्त रूपमा सम्मान गरेका हुन् ।

विभिन्न संघका संस्थाले नेपाली टोलीलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । नेपाली टोलीलाई नेपाली समाजका अध्यक्ष चन्द्रप्रकाश सापकोटा, एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठ, जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पा, कलाकार समाजका अध्यक्ष रेखा घिमिरे, पत्रकार महासंघका अध्यक्ष भुपराज बस्याल, नेपाली समाजका , सोसिएल क्लबका अध्यक्ष शालिकराम सुबेदी, नेपाली विजनेस काउन्सिलका कोषाध्यक्ष एकेन्द्र थापा, स्पोर्ट कोअरडिनेटर सकिल अलि, मकवानपुर समाजका सल्लाहकार मोहम्मद समिम खान, नेवा पुचका उपाध्क्ष राजेश प्रधान, नेपलिज् मुश्लिम समाजका सचिव नौमान सिद्दिकी, एभरेस्ट क्लबका उपाध्यक्ष मदन अधिकारी र क्लबका टेक्निकल डाइरेक्टर रवि शाहीले सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment