Comments Add Comment

एकातिर फिल्म डुबेको डुब्यै, अर्कोतिर निर्माण घोषणाको लहर


गएसाता नेपाली चलचित्रका कार्यक्रमको बाढी नै आयो । दैनिक २ भन्दा बढि चलचित्रको कार्यक्रम आयोजना भए । त्यसमा चलचित्र निर्माणको घोषणा उस्तै थिए ।
चलचित्र निर्माणका घोषणा दैनिक भैरहँदा हलमा भने नेपाली चलचित्रको व्यापार सुस्ताएको छ ।

हलमा दर्शक तान्न केहि महिनादेखि नेपाली चलचित्र असफल छन् । पौष महिनामा त ‘मिस्टर झोले’ले इज्जत जोगाउनु बाहेक अन्य सबै चलचित्र असफल भए । ‘ह्याप्पी न्यू इयर, फिर्के, राज्जा रानी, बटरफ्लाई’ बक्स अफिसमा असफल भए । माघको पहिलो साता रिलिज भएका चलचित्र ‘लालपूर्जा र पिजडा ब्याक अगेन’को कमाई पनि शानदार रहन सकेन ।

चलचित्र संघले वितरकले दिएका चलचित्रका रिपोर्ट गलत भएको बताउँदै सहि रिपोर्ट मिडियामा दिन निर्देशन दिइसकेको छ । यसैले, पनि धेरै चलचित्रका व्यापारिक रिपोर्ट सहि होइनन् भन्ने प्रमाणित भैसकेको छ ।

चलचित्र चलोस् नचलोस्, रिलिजका लागि सहि डेट नपाएपनि चलचित्र निर्माणमा भने नयाँ लगानीकर्ताको आगमन उस्तै छ । चलचित्रमा लगानी बालुवामा पानी बराबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment