Comments Add Comment

सानिमा बैंकको ४ नयाँ शाखाहरु


१५ माघ, आइतवार । सानिमा बैंक लिमिटेडले पोखराको अमरसिंह, बगर र बिरौटा साथै दाङको तुलसीपुर गरी ४ वटा नयाँ शाखा कार्यालय स्थापना गरीे बैंकिङ सेवा थप बिस्तार गरेको छ ।

पोखराको शाखा कार्यालयहरु बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठ तथा ब्रान्ड प्रवद्र्धक कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) द्वारा संयुक्त रुपमा गरेका छन् । दाङको तुलसीपुर शाखा कार्यालय बैंकका अध्यक्ष श्रेष्ठ तथा बरिष्ठ कलाकार हरिवंश आचार्यले संयुक्त रुपमा गरेका हुन् ।

बैंकका अध्यक्ष श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै समस्त ग्राहक वर्गको थप सेवा तथा सुविधाका लागी बैंकले शाखा बिस्तार गर्दै जाने नीति लिएको बताउनु भयो । त्यसै गरी सानिमाबैंकका अध्यक्षले बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै अमरसिंह, बगर, बिरौटा र तुलसीपुर शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पुर्याएको प्रतिबद्धता व्यक्त गरे ।

उद्घाटन समारोहमा मह जोडीले पोखरामा थप शाखा सञ्चालनमा आएकोमा पोखरावासी र बैंक समेतलाई बधाई ज्ञापन गरे । बैंकको हाल ५१ शखा, १ एक्सटेन्सन काउन्टर र ६० एटिएम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment