+
+
Shares

दरबारमार्ग बलात्कार प्रकरण: डीएसपी र इन्सपेक्टर नै छानबिनमा तानिए

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १६ गते ९:१३

१६ माघ, काठमाडौं । दरबारमार्गको ल्याण्डमार्क होटलमा बिहीबार भएको सामुहिक बलात्कारको घटनामा प्रहरी अधिकारी नै तानिएका छन् । युवती बलात्कार घटना सामान्य मिलापत्रमा मिलाइएकाे अाराेप बाहिरिएपछि प्रहरी अधिकारीतर्फ नै अनुसन्धान साेझिएकाे हाे ।

भएकाे के हाे ?

काठमाडौंको ल्याण्डमार्क होटलमा गत बिहीबार साथीसँगै गएकी एक युवती सामुहिकरूपमा बलात्कृत भइन् ।  मदिरा पिएका ३ जनाले  बलात्कार गरेलगत्तै युवती उजुरी लिएर महानगरीय प्रहरी वृत्त दरबारमार्ग पुगेकी थिइन् । पीडित पक्ष दरबार मार्ग पुगे पनि प्रहरीले उजुरी दर्ता नगरी मिलापत्रका लागि दबाब दिएकाे पीडित पक्षकाे अाराेप छ । पीडित युवतीले महानगरीय प्रहरी वृत्त, दरबारमार्गका डीएसपी तीलक भारती र इन्सपेक्टर लक्ष्मणसिंह ठकुरीकाे दबाबमा मिल्न लगाइकाे गुनासाे गर्दै अाएकी छन् ।

सामान्य मिलापत्रमा बलात्कारजस्तो जघन्य अपराध मिलाइएको पीडित युवतीकाे गुनासाेपछि महानगरीय प्रहरी परिसरले डीएसपी भारती र इन्सपेक्टर ठकुरीमाथि छानबिन थालेको हो ।

एसपी रामदत्त जोशीको संयोजकत्वमा गठित समितिले यसबारे छानबिन थालेकाे  महानगरीय प्रहरी परिसरले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?