१७ माघ, काठमाडौं । हाइकिङका लागि फूलचोकी गएका ललितपुरस्थित थसिखेलका १७ वर्षीय विद्यार्थी जोन तामाङ हराएको ६ दिन वितिसक्दा समेत भेटिएका छैनन् ।
ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनको कक्षा ६ मा अध्ययन गर्ने तामाङ गत बिहीबार साँझदेखि बेपत्ता भएका हुन् । विद्यालयका प्रिन्सिपल दुर्गाबहादुर ओलीसहित ११ जना विद्यार्थी हाइकिङमा गएकोमा फर्किने क्रममा उनी बेपत्ता भएका थिए ।
उनको खोजीमा नेपाल प्रहरी, नेपाली सेना र अभिभावकको टोली खटिएको छ । महानगरीय प्रहरी वृत्त, सातदोबाटोका डिएसपी विनोद सिलवालले विद्यार्थीलाई अहिलेसम्म नभेटिएको बताए । उनका खोजी कार्य जारी छ ।
हराएका विद्यार्थी जोनका दाई सविन तामाङले अनलाइनखबरसँग भने, ‘डाँडा गाउँ लगायतका क्षेत्रमा देखेको भन्ने स्थानीयको कुरा आएपछि त्यहीँ एरियालाई केन्द्रीय गरेर खोजी गरिरहेका छौं । तर, अहिलेसम्म फेला पार्न सकिएको छैन ।’
प्रतिक्रिया 4