Comments Add Comment

यस्तो देखियो काठमाडौंबाट खग्रास चन्द्रग्रहण

१७ माघ, काठमाडौं । आज पूर्ण चन्द्र ग्रहण लागेको छ । नेपाल पञ्चांग निर्णयक समिति अनुसार साँझ पाँच बजेर ५५ मिनेटमा देखिएको खग्रास चन्द्र ग्रहण ८ बजेर ५७ मिनेटमा सकिएको छ । आज चन्द्रमालाई जुन अवस्थामा देखिएको छ, त्यसलाई सुपर ब्लु मुन भनिएको छ ।

आफ्नो कक्षमा चक्कर लगाइरहेको बेला एक समय यस्तो हुन्छ, जब पूर्णिमाको दिन चन्द्रमा धर्तीको सबैभन्दा नजिक आइपुग्छ । यस्तोमा चन्द्रमाको आकार ठूलो र रंग एकदमै चम्किलो देखिन्छ । त्यस क्रममा चन्द्रमा ठूलो देखिने भएकाले त्यसलाई ‘सुपर मून’ भनिन्छ ।

ग्रोगारेरियन क्यालेन्डरको एकै महिनामा दोस्रो पटक ‘सुपर मून’ पर्छ भने त्यसलाई ‘ब्लू मुन’ भनिन्छ । यसको सम्बन्ध चन्द्रमाको रंगसँग हुँदैन । वास्तवमा पश्चिमी मुलुकमा ‘ब्लू’लाई विशिष्टताको पर्याय मानिन्छ । चन्द्रमाको विशिष्ट रुपको कारण त्यसलाई ‘ब्लू’को संज्ञा दिइएको हो ।

‘ब्लू मुन’को दिन चन्द्रग्रहण पनि भएकाले यसलाई ‘सुपर ब्लु मून’ भनिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment