Comments Add Comment

एशिया कप छनोटः नेपाल र हङकङ एउटै समूहमा

१८ माघ, काठमाडौं । नेपालले एसिया कपको लागि छनोट खेल्ने भएको छ ।

प्रतियोगितामा नेपालसहित ६ देशको सहभागिता रहने आयोजक एशियन क्रिकेट काउन्सिलले जनाएको छ । सहभागी देशहरुलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा नेपालसँगै हङकङ र मलेसिया छन् भने समुह ‘बी’मा सिंगापुर युएई र ओमान छन् ।

प्रतियोगिता सेप्टेम्बर १५ देखि ३० तारिखसम्म हुनेछ । छनोट खेलको विजेताले एशिया कपमा भाग लिनेछन् ।

टेष्ट राष्ट्र भारत, पाकिस्तान, अफगानिस्तान, बङ्लादेश र श्रीलंकाले सोझै प्रतियोगिता खेल्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment