Comments Add Comment

नायब प्रमूखको रुपमा अनिल शाह नबिल जाने


१९ माघ, काठमाडौं । नबिल बैंकमा प्रमूख कार्यकारी अधिकृतको रुपमा जान नपाएका बैंकर अनिल शाहलाई नायब बनाएर बैंकले भित्र्याउने भएको छ । उनले अागामी साताबाटै नियुक्ति लिएको बुझिएको छ ।

बिहीवार बैंकको सञ्चालक समितिको बैठकले उनलाई नायब प्रमुखमा नियुक्त गरेको हो । जागिर छाडेको ६ महिना नहुँदै अर्को बैंकमा प्रमूख बनेर जान नमिल्ने राष्ट्र बैंकको व्यवस्था पछि शाह नायबको रुपमा नबिल भित्रिएका हुन् ।

शाहले पुस १ गते मेगा बैंक छाडेका थिए भने असारमा मात्रै उनी अर्को कुनै पनि संस्थामा प्रमुख बनेर जान सक्ने अवस्थामा थिए । राष्ट्र बैंकले बैंक प्रमूख र अध्यक्षले पदबाट राजीनामा दिने वित्तीकै अर्को संस्थामा प्रमूख वा अध्यक्ष पदमा जान नपाउने गरि कुलिङ पिरियणको अवधारणा ल्याएको थियो ।

नबिलमा ६ महिनापछि शाह प्रमूख कार्यकारी अधिकृत हुने गरि गएका हुन् । राष्ट्र बैंकले बैंकहरुले तीन महिनासम्म प्रमूख विहीन अवस्थामा संस्था राख्न नपाउने व्यवस्था गरेको छ । यद्यपी हाल पनि अन्य संस्थामा बर्षौदेखि नायबले प्रमूखको जिम्मेवारी लिएकोले यो नियमले समस्या नपर्ने देखिएकाे राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment