Comments Add Comment

बासुदेव त्रिपाठीलाई कलाश्री सम्मान

ठकुरी, लोहनी र दुवाल पनि पुरस्कृत

काठमाडौं । नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले यस वर्षको अमूल्य राष्ट्रिय कलाश्री सम्मान-२०७४ भाषासाहित्यका साधक डा. बासुदेव त्रिपाठीलाई प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै एक लाखसहित राष्ट्रिय कलाश्री पुरस्कार माया ठकुरीलाई प्रदान गरिने भएको छ ।

यसैगरी. ५० हजार राशिसहित संसिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार-२०७४ मणि लोहनीलाई र २५ हजार राशीसहित बदि्र राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार-२०७४ मोहन दुवाललाई प्रदान गर्ने निर्णय गरिएको छ ।

सो निर्णय हालै प्रतिष्ठानका अध्यक्ष मोमिलाको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले गरेको हो । सम्मान तथा पुरस्कार आगामी फागुन महिनामा विशेष समारोहका बीच प्रदान गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment