Comments Add Comment

प्रधानन्यायाधीशको नागरिकता प्रमाणपत्र माग्दै डा. केसीले दिए निवेदन

२१ माघ, काठमाडौं । प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीको नागरिकताको प्रमाणपत्र तथा त्यससित सम्बन्धित अभिलेखसहित सूचना माग गर्दै प्रा. डा. गोविन्द केसी समूहले आइतबार जिल्ला प्रशासन कार्यालय तनहुँमा निवेदन दर्ता गराएको छ ।

निवेदनमा डा. केसी पक्षधरले प्रधानन्यायाधीश पराजुलीको नाममा के कति कारणले फरक-फरक समयमा फरक-फरक तीन जिल्लाहरुबाट फरक-फरक नागरिकता र प्रतिलिपि जारी गरिएको हो भन्नेबारे जानकारी मागिएको छ ।

निवेदन दिनेहरुमा प्रा. डा. गोविन्द केसी, अधिवक्ता ओमप्रकाश अर्याल, डा. अभिषेकराज सिंह, डा. शशीविक्रम कार्की, डा. प्रकाशचन्द्र परियार, डा. मनोजकुमार अधिकारी, प्रितम सुवेदी, सागर घिमिरेलगायत रहेका छन् ।

डा. केसीले उक्त सूचना प्राप्त गर्नका लागि आफू पटक-पटक उपस्थित हुन नसक्ने जनाउँदै उक्त कार्य गर्नका लागि निवेदकमध्यकै शशी विक्रम कार्कीलाई वारेसनामा दिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment