Comments Add Comment

प्रदेश २ को मुख्यमन्त्री बन्न फोरमका ७ नेता दिए उम्मेदवारी

२१ माघ, जनकपुरधाम । प्रदेश २ को भावी मुख्यमन्त्री मानिएको संघीय समाजवादी फोरम, संसदीय दलका लागि सात जनाको उम्मेदवारी परेको छ ।

फोरमको दलको बैठक अहिले बसिरहेको छ । त्यही रेणु यादव संयोजक रहेको निर्वाचन कमिटीले उम्मेदवारी दर्ताको समय दिएको थियो ।

एक प्रदेशसभा सदस्यका अनुसार दलको नेताका लागि ७ जनाले उम्मेदवारी दिएका छन् । यसमा मुख्यमन्त्रीको दावेदारत्रय लालबाबु राउत, विजय यादव र शैलेन्द्र साह पनि छन् ।

यस्तै कौशलकुमार यादव, योगेन्द्र राय यादव, प्रहृलाद गिरी र सरोजकुमार सिंहले पनि उम्मेदवारी दिएका छन् ।

निर्वाचन समितिले साँझ ८ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ ।

साथै नेतृत्वले सहमतिको प्रयास थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment