Comments Add Comment

पर्सागढी गोल्डकपको उपाधि चौधरी-११ ले जित्यो

२२ माघ, वीरगञ्ज । प्रथम पर्सागढी फुटबल प्रतियोगिताको उपाधि चौधरी-११, बाराले जितेको छ ।

सोमबार भएको फाइनल खेलमा वीरगञ्ज युथ एकेडेमीलाई २-१ गोल अन्तरले हराउँदै चौधरी-११ ले उपाधि जितेको हो । उपाधिसँगै उसले ६० हजार रुपैयाँ पाएको छ भने उपविजेता वीरगञ्ज युथले ३० हजारमा चित्त बुझाएको छ ।

चौधरी-११ लाई ४३ औं मिनेटमा बिजय चौधरीले गोल गरेर अग्रता दिलाएका थिए । त्यसपछि दवावमा परेको वीरगञ्ज युथ एकेडेमीको खेल कमजोर देखियो । दोस्रो हाफमा चौधरी ११ का सागर चौधरीले गोल गरेर २-० को अग्रता कायम गरे ।

वीरगञ्जका लागि दोस्रो हाफको ४० औं मिनेटमा कृष्ण शाक्यले सान्त्वना गोल गरे । म्यान अफ द म्याच चौधरी ११ का अजय चौधरी घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment