Comments Add Comment

दलहरुले चुनावका प्रचार सामग्री अझै हटाइएनन्

२३ माघ, डडेल्धुरा । प्रतिनिधि र प्रदेश सभा सदस्यको चुनाव सकिएको दुई महिना पूरा हुँदा समेत डडेल्धुरा र डोटीमा दलहरुले प्रचार समाग्री हटाएका छैनन् ।

दोस्रो चरण अन्तर्गत गत मंसिर २१ गते मतदान भएपनि त्यसबखत प्रयोग गरिएका प्रचार सामग्रीहरु अहिलेसम्म दलहरुले नहटाउँदा सार्वजनिक स्थानसमेत कुरुप बनेको स्थानीयले बताएका छन् ।

मौन अवधि सुरु हुनुअघि नै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारका प्रचारप्रसार सामग्री हटाउनु पर्ने आचारसंहितामै उल्लेख भएपनि डडेल्धुराको परशुराम नगरपालिकाको लालढुंगा र डोटीको बुडर क्षेत्रमा टाँगिएका दलका झण्डा तथा पर्चा,पम्प्लेट हटाइएका छैनन् ।

दुईवटै जिल्लाका कतिपय मतदान केन्ऽका तीन सय मिटरभित्रै टाँसिएका प्रचार सामग्रीहरु समेत हटाइएका छैनन् ।

निर्वाचन कार्यालयले यस अघि नै निर्वाचन सामग्री हटाउने निर्देशन दिइसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment