Comments Add Comment

हुन्नरीमा दिपकराजको यस्तो रुप ?

दीपाश्री निरौला र दिपकराज गिरी भन्नसाथ ओंठमा हाँसो फुत्किन्छ । किनभने उनीहरु चर्चित हास्य कलाकार जो परे । तर, यसपाली उनीहरु फरक विषयका साथ पेश भएका छन् । बिषय गम्भिर छ । भावुक पनि ।

अक्सर हँसाइरहने दिपकले सोझो गाउँले केटाको भूमिका निर्वाह गरेका छन्, जसमा उनी शारीरिक रुपले अशक्त देखिन्छ । दीपा भने विधवा महिलाको रुपमा ।

यी दुई बिच प्रेम अंकुराउँछ । विद्यमान सामाजिक बन्धन तोड्दै उनीहरु आपसमा जोडिन्छन् । अशक्त दिपकले विधवा दीपालाई पत्नी बनाएर भित्र्याउँछ । समाजको लागि यो उदाहरणिय बिवाह बन्छ । यसबापत उनीहरुले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्छन् ।

तर, सामाजिक सुरक्षा भत्ताले उनीहरु मनोरञ्जन गर्दैनन् । खाने पिउनेमा पनि त्यो पैसा खर्चदैनन् । बरु जतनसाथ पैसा बचत गर्छन् । त्यही पैसाले एकमुष्ठ रुपमा सामाजिक काम गर्छन् ।

यो छोटो फिल्मको कथा हो । फिल्मको नाम हो, हुन्नरी । शुभ मिडिया होमले निर्माण गरेको चलचित्रलाई दीपक आचार्यले निर्देशन गरेका हुन् । चलचित्रमा देशभक्त खनाल, लक्ष्मण विक्रम बस्नेत, लक्ष्मी गिरी, दिपक आचार्य, कमला रेग्मी, गीता थापा, अप्सरा अधिकारीको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment