Comments Add Comment

जिवित हुचिलसहित दुई जना पक्राउ

२६ माघ, काठमाडौं । जिवित हुचिल (लाटोकोसेरा) सहित प्रहरीले दुर्इ जनालार्इ  केन्द्रीय अनुसन्धान व्यूरो (सीअार्इबी)ले पक्राउ गरेको छ ।

वातावरण तथा वन्यजन्तुसँग सम्बन्धित अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धानको लागि सीआईबीको महाराजगंजबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा तनहुँ आँबुखैरेनी गाउँपालिका-३ का ६० वर्षे सुनमाया विश्वकर्मा र बन्दिपुर गाउँपालिका-६ का ६७ वर्षे लिकबहादुर विक रहेका छन् ।

इलाका प्रहरी कार्यालय आँबुखैरनीको बिशेष सूचनाको आधारमा सुनमायाको घरबाट खानतलासी गर्दा काठको खोरमा लुकाई राखेको करिब ५/७ वर्षको हुचिलसहित उनीहरुलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई अनुसन्धान गरी काननी कारबाहीका लागि जिल्ला वन कार्यालय तनहुँ पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment